महिलाहरुको आयआर्जनका लागी क्रिष्टलका चुरापोते बनाउने तालिम ।


आँधीखोला खवर/भीरकोट :
भीरकोट नगरपालिकाले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले आयमुलक क्रिष्टलको चुरापोते बनाउने प्रदान गरेको छ । नगरपालिकाले वडा नं.१, २ ३, र ४ गरी ४ वडाका ४० जना महिलाहरुका लागी तालिम प्रदान गरेको हो । ३ दिने तालिमको बुधबार बयरघारी स्थित तमुसमाज हलमा उद्दघाटन गर्र्दैै भीरकोट नगरपालिका प्रमुख छायाराम खनालले महिलाहरुको क्षमता विकास गर्दै आर्थिक रुपमा सबल बनाउने नगरपालिका प्रतिवद्ध रहेको भन्दै यस्ता विभिन्न आयमुलक तालिमको सदुपयोग गरी सफल उद्यमी बन्न आग्रह गर्नुभयो ।

साथै प्रमुख खनालले नगरबासीका उत्पादनले बजार नपाउने चिन्ता नहुँने भन्दै स्थानीयको उत्पादन बजारीकरणका लागी नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख सिमा केसीकर्माचार्य, वडा नं. १ का अध्यक्ष एव्ां प्रवक्ता दिपेन्द्र केसी, वडा नं. २ का अध्यक्ष कमल त्रिपाठी, नगरकार्यपालिका सदस्यद्धोय विन्दु खड्का र विष्णु बोटे वडा सदस्य मोहम्मद मियाँलगायतले बोल्नुभएको थियो ।
तालिम समिति संयोजक एवं वडा नं. ५ का अध्यक्ष यामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन मिना खांणले गर्नुभएको थियो । यसअघि नगरका ५ वडाका महिलाहरुले तालिम लिएका छन् ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…