महिलाहरुको आयआर्जनका लागी क्रिष्टलका चुरापोते बनाउने तालिम ।

आँधीखोला खवर/भीरकोट :
भीरकोट नगरपालिकाले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले आयमुलक क्रिष्टलको चुरापोते बनाउने प्रदान गरेको छ । नगरपालिकाले वडा नं.१, २ ३, र ४ गरी ४ वडाका ४० जना महिलाहरुका लागी तालिम प्रदान गरेको हो । ३ दिने तालिमको बुधबार बयरघारी स्थित तमुसमाज हलमा उद्दघाटन गर्र्दैै भीरकोट नगरपालिका प्रमुख छायाराम खनालले महिलाहरुको क्षमता विकास गर्दै आर्थिक रुपमा सबल बनाउने नगरपालिका प्रतिवद्ध रहेको भन्दै यस्ता विभिन्न आयमुलक तालिमको सदुपयोग गरी सफल उद्यमी बन्न आग्रह गर्नुभयो ।

साथै प्रमुख खनालले नगरबासीका उत्पादनले बजार नपाउने चिन्ता नहुँने भन्दै स्थानीयको उत्पादन बजारीकरणका लागी नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख सिमा केसीकर्माचार्य, वडा नं. १ का अध्यक्ष एव्ां प्रवक्ता दिपेन्द्र केसी, वडा नं. २ का अध्यक्ष कमल त्रिपाठी, नगरकार्यपालिका सदस्यद्धोय विन्दु खड्का र विष्णु बोटे वडा सदस्य मोहम्मद मियाँलगायतले बोल्नुभएको थियो ।
तालिम समिति संयोजक एवं वडा नं. ५ का अध्यक्ष यामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन मिना खांणले गर्नुभएको थियो । यसअघि नगरका ५ वडाका महिलाहरुले तालिम लिएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


