भीरकोट नगरपालिकामा ६ विद्यालयका कक्षा स्थगन तथा २ को कक्षा कटौती ।
चुत्र महत / भीरकोट :
नयाँ शैक्षिक शत्र शुरु भए संगै भीरकोट नगरपालिकाका ६ सामुदायीक विद्यालयका कक्षा स्थगन २ को कक्षा कटौती गरीएको छ । स्थानीय तहको निर्वाचन भएर आए पछी शिक्षाको क्ष्ोत्रमा फड्को मार्दै आएको भीरकोटले विद्यालय शिक्षा १—१२ कक्षा स्थानीय तहको अधिकार भित्र आए संगै सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर वृद्धीका लागि विद्यालयका कक्षा स्थगन तथा कक्षा कटौती गरीएको हो ।
६ सामुदायीक विद्यालयको कक्षा स्थगन तथा २ सामुदायीक विद्यालयको कक्षा कटौती गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख हेम प्रसाद आर्चायले बताउनुभयो । आर्चायका अनुसार कक्षा स्थगन हुनेमा पशुपती आधारभुत विद्यालय भीरकोट ५, थालेखर्क आधारभुत विद्यालय भीरकोट ५, मोहोनी आधारभुत विद्यालय भीरकोट ८ ,वालज्योती आधारभुत विद्यालय भीरकोट ६, कालिका वालहित आधारभुत विद्यालय भीरकोट ४ र छाङ्छाङ्दी आधारभुत विद्यालय भीरकोट ४ रहेका छन् ।
सरस्वती आधारभुत विद्यालय र रानीरह आधारभुत विद्यालयमा १—५ कक्षा संचालन भएको थियो भने अहिले कक्षा कटौती गरी १—३ सम्म कक्षा संचालनमा आएको आर्चायले बताउनुभयो । विद्यार्थी विद्यालयमा भर्ना हुन नआएको, अभिभावकहरु वजार झरी वसोवास गर्ने र विद्यार्थीको सख्यामा कमी आएको कारण कक्षा स्थगन तथा कक्षा कटौती गरीएको भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले बताउनुभयो । विद्यार्थी भनेका भविष्यका कर्णधार हुन्, उनीहरुमा गरीएको लगानीको प्रतिफल वारम्वार तथा दीगो रुपमा प्राप्त भैरहने र अध्ययनमा गरीएको लगानी खेर जान नदिने भन्दै शिक्षामा गुणस्तर, सीपमुलक शिक्षा प्रदानको लागि नगरपालिकाले जुन सुकै अवस्थामा मूल्य चुकाउन पछि नपर्ने वताउनु भयो ।
अभिभावकहरुको सामुदायीक विद्यालय प्रती हेर्ने आँखा र विचार परिवर्तनका लागि शिक्षामा आमुल परिवर्तन ल्याई उपलब्ध स्रोत र साधनको अत्यधिक उपयोग गराउने बताउदै केही समय पछि सवैले आफ्ना बालबच्चा पढाउनको लागि वोर्डिङ धाउन नपर्ने व्यवस्था मिलाउने भन्दै प्रमुख खनालले वाध्य भएर कक्षा स्तगन तथा कक्षा कटौती गरेको बताउनुभयो ।
भीरकोट नगरपालिका भित्र कुल ४५ सामुदायीक विद्यालय रहेकोमा ६ विद्यालयको कक्षा कटौती भएसंगै अव ३९ विद्यालय चालु शैक्षिक शत्रमा संचालनमा रहेका छन् । शिक्षा शाखाका प्रमुख आर्चायका अनुसार भीरकोट नगरपालिकाका ९ वडामा सामुदायीक तर्फ माध्यामिक विद्यालय १२, निमावि तर्फ २ र आधारभुत तर्फ ३१ वटा छन् । त्यस्तै संस्थागत तर्फ मावि ५ र आधारभुत विद्यालय १ वटा रहेको छ भने ३ वटा विद्यालयमा मदरशा पठनपाठन हुने गरेको छ ।
शिक्षा शाखाले आर्थिक वर्ष ०७६÷७७ का लागि नगरपालिकालाई शैक्षिक गुणस्तर वृद्धिका लागि ४० वुंदे योजना सहितको कार्यक्रम प्रस्ताव गरेको छ । नगरले वनाउने नीति तथा कार्यक्रममा समावेश गर्नका लागि वालमंैत्री विद्यालय, दिवा खाजा, छात्राहरु लाई सेनेटरी प्याड, एक विद्यालय एक पुस्तकालय, ई–लाईव्रेररी, स्थानीय पाठ्यक्रम निमार्ण आदि जस्ता ४० बुंदे प्रश्ताव पेश गरेको शिक्षा शाखा प्रमुख आर्चायले बताउनुभयो । साथै कक्षा कोठालाई सूचना प्रविधिमैत्रीं वनाउने कार्यक्रम समेत प्रस्तावित गरेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


