सार्वजनिक शौचालय र जेष्ठ नागरीक दिवा सेवा केन्द्र निर्माणका लागि समिति गठन ।
एशिव शरण महत / भीरकोट :
भीरकोट नगरपालिका वडा न १ मा निर्माण हुन लागेका सार्वजनीक शौचालय र जेष्ठ नागरीक दिवा सेवा केन्द्र निर्माणको लागि उपभोक्ता समिति बनाउन भन्दै टोल विकास संस्थाका संयोजक सहित स्थानीयहरुको भेला सम्पन्न भएको छ ।
भेलाले भीरकोट नगरपालिका वडा न १ स्थीत चोकमा बनाउन लागिएको सार्वजनिक शौचालय निर्माणको लागि मदन केसीको अध्यक्षतामा ७ सदस्य उपभोक्ता समिति गठन गरीएको हो । प्रदेश सरकारवाट प्राप्त ९ लाख ५० हजार र नगरपालिका वाट अरु थप गर्ने गरी २० लाख को लागतमा सुविधा सम्पन्न अपांगमैत्री सार्वजनिक शौचालय निर्माण गरिनेछ । सुविधा सम्पन्न सार्वजनिक शौचालय व्यवसाय प्रायोजनका लागि १ सटर सहितको ४ कोठे पक्की भवन निर्माण गरी संचालमा ल्याउन लागिएको नगर प्रमुख छायाराम खनालले वताउनु भयो ।
भीरकोट नगरपालिका वडा न १ को वडा कार्यालय परीसरमा निर्माण हुने, जेष्ठ नागरीक दिवा सेवा केन्द्र निर्माणका लागि जोग वहादुर केसीको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरीएको छ । गण्डकी प्रदेश र स्थानीय सरकारको लगानीमा निर्माण हुन लागेको जेष्ठ नागरीक दिवा सेवा केन्द्र सुविधा सम्पन्न र सवै कुराको व्यवस्था सहितको केन्द्र निर्माण गरिने नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख छायाराम खनालले दिन विताउन गाह्रो भएका जेष्ठ नागरीकहरु केन्द्रमा आए संगै दिन विताउन निक्कै सहज हुने बताउनु भयो । उहाँले भवन निर्माण पश्चात विभिन्न तरिकाले उनीहरुको दिनचर्या सहज बनाउने गतिविधी सञ्चालन गरिने बताउनु भयो ।
उपभोक्ता समिति गठन कार्यक्रममा नगर उप प्रमुख सिमा केसी कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना लगायतले सिमित स्रोत साधनलाई उच्चतम सदुपयोग गरी नमूना योग्य कार्य गर्नु पर्ने कुरामा जोड दिनु भयो । भीरकोट वडा न १ का वडा अध्यक्ष एंव नगर प्रवक्ता दिपेन्द्र केसीको अध्यक्षयतामा सम्पन्न कार्यक्रमको संचालन सुचना अधिकारी राम प्रसाद खनालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…