भीरकोट नगरपालिकाको चौथो नगर सभा सम्पन्न “कृषि र पर्यटन क्षेत्रलाई विशेष प्रथामिकता” ।

एशिव शरण महत / भीरकोट :
स्याङजाको भीरकोट नगरपालिकाले चौथो नगर सभा तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
कृषी तथा पर्यटन प्रवद्धनलाई मुख्य आधार मानी भीरकोट नगरपालिकाले चौथो नगर सभा तथा आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।


चौथो नगर सभा मा बोल्दै गण्डकी प्रदेश सभा सदस्य एंव विद्यायन समितिका सभापती मेहन रेग्मीले कृषी र पर्यन प्रवद्धनका लागी नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को निति तथा कार्यक्रममा विशेष प्रथामिकता राखिएको मा खुसी व्यक्त गर्दै प्रदेश सरकारले कृषी र पर्यटनको क्षेत्रमा विशेष प्रथामिकतामा राखेकाले सहयोग गर्न सजिलो हुने बताउनुभयो । जनप्रतिनिधिहरु जनता प्रति उत्तरदायी हुनुपर्ने कुरा वताउदै रेग्मीले पर्यटनलाई स्थानीय उत्पादन संग जाडीयो भने कृषी र पर्यटन स्थायी भई समृद्ध भीरकोट निमार्ण हुनेमा जोड दिनुभयो ।


भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत का क्रममा तेस्रो नगरसभा वाट पारीत नीति तथा कार्यक्रममा कार्यसम्पादन नभएका महत्वपूर्ण योजनाहरु लाई यस आर्थिक वर्षमा निरन्तरता दिने वताउनु भयो ।
यस वर्षको निति तथा कार्यक्रम पूर्वाधार विकास क्षेत्र तर्फ नगरपालिकाको निर्माणधिन भवन सम्पन्न गर्ने, वडा कार्यालयका का भवन निमार्ण गर्न जग्गा नभएका वडाहरुको लागी जग्गा प्राप्ती गर्ने र जग्गा उपल्ब्ध भएका वडाहरुको हकमा भवन निर्माण गर्ने जानकारी दिनुभयो । उहाँले एक स्थानीय तह, एक खेलमैदान निमार्णका लागी प्रदेश सरकारसँग साझेदार गरी खेल मैदान निर्माण गर्ने, सवै वडाहरुमा एक वडा एक रणनितिक सडक छनोट गरी मर्मत संभार र स्तरोन्ती गर्ने, श्रावण १ गते देखी लागूहुने गरी अब बन्ने घरहरुलाई एउटै रङ् कायम गरी लागू गर्ने, नगर भित्र पूर्वाधारजन्य आयोजनाहरु तर्जुमा गर्दा रोजगारमा आधारीत श्रममूलक आयोजना पहिचान गरी यूवालाई रोजगारी प्रदान गर्ने कुरामा जोड दिनुभयो ।


त्यसै गरी सामाजिक क्षेत्र तर्फ नगर प्रमुख संग जेष्ठनागरीक कार्यक्रम अन्र्तगत भीरकोट नगर भित्र रहेका जेष्ठनागरीकलाई एक आपसमा चिरपरिचत गराई उनीहरुको दिनर्चायलाई सहज र सरल वनाउन लागि एक वडा एक जेष्ठनागरीक दिवा सेवा केन्द्र निर्माण गर्ने, चौतारी र पार्क निर्माण गर्ने व्यवस्था मिलाउने, मेयर संग वालवालिका कार्यक्रम अन्तर्गत वालवालिकालाई फुर्सदको समयमा मनोरञ्जनको लागी प्रत्यक वडामा मनोरञ्जन पार्क निर्माण गर्ने जनाएको छ ।
यस्तै नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराइएका औषधीहरुको उपल्ब्धतालाई सुनिशिचतता गर्दै मधुमेहसंग सम्वन्धीत औषधीहरु निःशुल्क उपल्ब्ध गराउनको लागि मधुमेह जाँच गर्ने गुल्को मिटर प्रत्येक स्वास्थ्य संस्थामा उपलब्ध गरार्ई सो संग सम्वन्धित औषधी र गर्भवती महिलाहरुलाई क्याल्सीयम चक्की निःशुल्क रुपमा वितरण गर्ने, गरिबसँंग मेयर कार्यक्रम अन्र्तगत नगर क्षेत्र भित्र रहेका विपन्न वर्ग तथा समूहको आवश्यक सीप तथा क्षमता विकासको लागी सचेतना कार्यक्रम संचालन गरीने ।
त्यसैगरी अर्थिक क्षेत्र तर्फ कृषी तथा पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि कृषी तथा पशुपालन व्यवसाय पकेट क्षेत्र तोकी एक गाँउ एक उत्पादनको अवधारणालाई सम्भावनाको आधारमा क्रमश शुरुवात गर्ने व्यवस्था मिलाउने ,गत आर्थिक वर्षदेखी शुरु गरीएको एक घर एक करेशावारी एक गाँउ एक नर्सरी र एक गाँउ एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिने ।
यसैगरी त्यस्तो कार्यक्रम शुरु गर्ने कृषक तथा नागरीकहरुलाई आवश्यकता अनुसार मल, विउ तथा कृषीजन्य आधुनीक उपकरणहरु ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने, कृषीको व्यवसायिकरण र आधुनिकीकरण गरी नगरपालिका क्षेत्र भित्र कृषी तथा पशुपालना व्यवसायको नमूना र्फम स्थापना गर्ने, व्यवसायको शुरुवात गर्ने कृषक तथा यूवाहरुलाई प्रोत्साहन गर्नका लागी उन्नतजातका विउ तथा चल्ला र वोकाको वितरण र खोर निर्माण गर्ने एवं कृषी तथा पशुको विमा गर्ने कार्यका लागी अनुदान उपलब्ध गराउने, मौरी पालन व्यवसाय सम्वन्धी तालिमको संचालन र ५० प्रतिशत अनुदानममा मौरीघार वितरण गर्ने कार्यलाई निरन्तरता दिदै मह प्रशोधन केन्द्रको स्थापना गर्ने संघीय सरकार तथा प्रदेश सरकारको एक पालिका एक उद्योग ग्राम स्थापना गर्ने ।
त्यसैगरी वातावरण तथा विप्द व्वस्थापन क्षेत्र तर्फ नगरपालिका र अन्तर्गत वडा कार्यालयमा कार्यरत कर्मचारीहरु मध्येवाट १ जनालाई सर्वोकृष्ट र ५ जनालाई उत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान र पुरस्कृत गर्ने , नगरपालिका र वडा कार्यालयवाट दैनीक रुपमा लिईने सेवा, शुल्क, कर तथा दस्तुरलाई अनुगमन गर्न मिल्ने गरी नेटवर्किङ्गको व्यवस्था मिलाउने , विद्युतीय डिजिटल सूचना पाटी नगरपालिका र वडा कार्यालयहरुमा क्रमश राख्ने, नगरपालिकाको वजार क्षेत्रमा सिसिटिभी जडान गर्ने आदी जस्ता योजनाहरु यस आर्थिक वर्षमा पूरा गर्ने नगर प्रमुख खनालले वताउनुभयो ।


चौथो नगर सभा तथा आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रमको प्रतुत कार्यक्रममा पूर्व जनप्रतिनिधिहरुको तर्फवाट गोविन्द कुमार कर्माचार्य, नेपाली कांग्रेस भीरकोट नगरकार्य समितिका सभापती तोयनाथ अर्याल र नेपाल कम्यूनीष्ट पाटी नेकपाका भीरकोट नगर कमिटि अध्यक्ष मिन प्रसाद कोईरालाले तथा आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रमको प्रशंशा गर्दै निति तथा कार्यक्रमको कार्यान्वयनका निम्त्ति आफुहरु हाातेमालो गरी अगाडी वढ्ने र समृद्ध भीरकोट निर्माणमा टेवा पुर्याउने बताउनुभयो ।
नगर प्रमुख छायाराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन योजना अधिकृत याम प्रसाद रेग्मी र स्वागत नगर उप प्रमुख सिमाकेसी कर्मर्चायले गर्नु भएको थियो भने असार १२ गते सम्म नगर सभा स्थगन गरीएको छ ।
नगर भित्रका विभिन्न दलका प्रतिनिधि, विभिन्न संघ संथाका प्रतिनिधि, टोल विकास समितिका पदाधीकारी, आमा समुह, यूवा क्लव र कर्मचारीहरुको सहभागीतामा नगर सभा सम्पन्न भएको हो ।

Facebook Comments Box
TOP