भीरकोटमा स्वास्थ्य चौकीहरुको सामाजिक परीक्षण गरियो ।
आँधीखोला खवर /भीरकोट :
भीरकोट नगरपालिका वडा न ८ मा रहेको ढापुक स्वास्थ्य चौकीको सामाजिक परीक्षण कार्यक्रमको प्रारम्भिक प्रतिवेदन प्रस्तुती कार्यक्रम मोहनडांडामा सम्पन्न भएको छ । स्वास्थ्य संस्थाले आर्थीक वर्षको अन्तमा अनिर्वाय रुपमा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गर्नुपर्ने भएकाले कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा वडा अध्यक्ष तन वहादुर गुरुङ्ले हरेक मानिसलाई साना तिना रोगहरुले सताइरहेको हुने भन्दै त्यस रोगले जटिल रुप लिन नदिनका लागी नियमित स्वास्थ्य चेक गराउन आग्रह गर्दै स्वास्थ्य संथाको सामाजिक परीक्षण अनिर्वाय रुपमा हुन पर्ने वताउनु भयो ।
ढापुक स्वास्थ्य चौकीका प्रमुख दिल वहादुर नेपालीले कार्यक्रम माथी प्रकाश पार्दै स्वास्थ्य चौकीको हाल सम्मको वस्तुस्थीती , निःशुल्क प्रसुती सेवा लिने आमाहरुको विवरण,स्वास्थ्य संस्थावाट सेवा लिनेको संख्या, औषधी दाखिला र शुन्य मौजादतको अवस्था, खोप परिवार नियोजन र सुरक्षित मातृत्व,कर्मचारीको अवस्था,र संस्थाको आम्दानी खर्च आदी विषयमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
ढापुक स्वास्थ्य चौकीका अध्यक्ष तन वहादुर गुरुङ्को अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण एवं संचालन सामाजिक परीक्षक एशिव शरण महतले र स्वागत मनमाया गुरुङ्ले गर्नुभएको थियो । ढापुक स्वास्थ्य चौकीको आयोजनामा सम्पन्न सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुत कार्यक्रमको सहजीकरण वास स्याङ्जा शाखाले गरेको थियो ।
यसैबीच भीरकोट नगरपालिका वडा न ३ मा रहेको वानेथोक देउराली स्वास्थ्य चौकीको सामाजिक परीक्षण कार्यक्रमको प्रारम्भिक प्रतिवेदन प्रस्तुती कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वडा अध्यक्ष वावुराम श्रेष्ठले स्वास्थ्य क्षेत्र अत्यन्त महत्वपूर्ण विषय रहेको हँदा सामान्य रोग लागेर वडावासी ज्यान गुमाउन पर्ने अवस्था आउन नदीने वताउनु भयो । स्वास्थ्य चौकी वाट सेवाग्राहीलाई चौकीवाट ३५ प्रकारका निःशुल्क औषधी प्रदान भैरहेको भन्दै स्वास्थ्य सम्वन्धी कुनै पनि समस्या भए स्वास्थ्य चौकी आउन आग्रह गर्नुभयो ।
वानेथोक देउराली स्वास्थ्य चौकीका प्रमुख जगदिश खनालले कार्यक्रम माथी प्रकाश पार्दै स्वास्थ्यचौकीको प्रगति विवरणका बारेमा जानकारी गराउनुभएको थियो । अध्यक्ष वावुराम श्रेष्ठको अध्यक्षमा सम्पन्न कार्यक्रमको सहजीकरण एवं संचालन सामाजिक परीक्षक एशिव शरण महतले र स्वागत अहेव परलाद वराईले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


