भीरकोट—४ मा सामुदायिक भवनको उद्दघाटन ।

आँधीखोला खवर / भीरकोट :
सहनशील आमा समुह भीरकोट नगरपालिका ४ झारुङ्खोलाको प्रथम साधारण सभा तथा सामुदायिक भवनको उद्दघाटन कार्यक्रम सम्पन्न भएको छ । साधारण सभा तथा भवनको उद्दघाटन गर्दै नगरप्रमुख छायाराम खनालले पुँजीको सही सदुपयोग भएमा विकास र समृद्धिको बाटो खुल्ने बताउनुभयो । धर्म, संस्कृति र रितिरिवाजको प्रर्वद्धन गर्दै भवनको सही सदुयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कागे्रसका महाधिवेसन प्रतिनिधि गोविन्दकुमार कर्माचार्य, कागे्रसका वडा सभापति पिताम्बर श्रेष्ठ, टोल सुधार समिति उपाध्यक्ष प्रेमबहादुर थापा, ख्यामबहादुर थापालगायतले बोल्नुभएको थियो ।

तस्वीर चुत्र बहादुर महत


कार्यक्रममा जेष्ठ नागरिक पुर्णबहादुर थापा, जग्गादाताद्धोय पवित्रा थापा र अनिता थापालाई सम्मान गरिएको थियो । पार्वती केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लक्ष्मी केसी बस्नेत र सञ्चालन सृजना क्षेत्रि थापाले गर्नुभएको थियो । सामुदायिक भवन १२ लाख २५ हजार आठ सय ६१ को लागतमा निर्माण सम्पन्न भएको थियो । जसमा १० लाख ८० हजार ६ सय ५५ आम्दानी भएको छ भने बक्यौता बाँकी रकम १ लाख ४५ हजार २ सय ६ रुपैँया रहेको संस्थाले जनाएको छ ।

Facebook Comments Box
TOP