भीरकोटमा गरिवी निवारणका लागि लघु उद्यम विकास सम्बन्धी तालिम प्रदान ।

आँधीखोला खवर / भीरकोट :
गरिवी निवारणका लागि लघु उद्यम विकास अन्र्तगत विभिन्न सीपमुलक तालिम भीरकोट नगरपालिका ५ भञ्याङमा सम्पन्न भएको छ । लघु उद्यम विकास तालिम अन्र्तगत ४५ दिने बुटिक तालिम, ७ दिने अगरबत्ती बनाउने तालिम र ७ दिने नै बाख्रापालन सम्बन्धी तालिम सम्पन्न भएको हो । तालिमको समापन गर्दै भीरकोट नगरप्रमुख छायाराम खनालले सीप सिर्कौ र उद्यमी बनौँ भन्दै लघु उद्यमको विकासले नै देश समृद्ध हुन बताउनुभयो ।

उद्यमीले उत्पादन गरेका बस्तुहरुको समेत बजारीकरण गरी एक सफल उद्यमी बनाउनका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । त्यस्तै वडामा अझै पनि विभिन्न खाले सीप मुलक तालिम सञ्चालन गरिने योजना रहेको वडा अध्यक्ष याम प्रसाद अधिकारी लक्ष्मणले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रशिक्षक संगिता चौधरी, सहभागिद्धय कमला सेन, मनु जिटी लगायतले बोल्नुभएको थियो । वडा अध्यक्ष यामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत अर्जुन सुवेदी र सञ्चालन गोमा तिवारी भण्डारीले गर्नुभएको थियो । बुटिक तलिममा १० जना, बाख्रा पालनमा १५ र अगरबत्ती बनाउने तालिममा ७ जनाको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


