अमेरिकन सैनिक संगठनको उच्च ओहदामा पुगिन स्याङ्जाकी चेली अस्मिता ।

आँधीखोला खवर :
अमेरिकामा एक नेपाली किशोरी अमेरिकन सैनिक संगठनको उच्च ओहदा सेकेण्ड लेफ्टिनेन्ट पद मा नियुक्त भएकी छिन् । स्याङ्जाको फेदीखोला ४ टोर्केकी अस्मिता गुरुङ उक्त पदमा नियुक्त हुनु भएको हो ।
उहाँले विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्टमा ९ मे २०१९ मा सपथ समेत लिई सक्नु भएको छ ।
को हुन अस्मिता ?
विसं २०४६ साल मंसिर २९ गते स्याङ्जामा जन्मिनु भएकी गुरुङको बाल्यकालमा आफ्नै गाउँबाट भएको हो प्रारम्भिक शिक्षा गाँउमा ने हासिल गर्नु भएको हो । पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली गरी, सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट +२ गरी उहाँ अमेरिका पुग्नु भएको हो ।
अस्मिताले टेक्सास राज्यमा रहेको एक कलेजबाट ब्याचलर अफ साइन्स नर्सिङ मा स्नातक गर्नु भएको छ । अस्मिताले भविष्यमा सक्रिय ड्युटी नर्स कर्पाेरेशनमा रहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
परिवार :
अस्मिताको बाजे स्व. मनबहादुर गुरुङ, बज्यै रामकुमारी गुरुङ, बुबा आइबहादुर गुरुङ, आमा मनशोभा गुरुङ हुन । उहाँका बुबा आइबहादुर अवकास प्राप्त भारतीय सेना हुन, उनी हाल हङकङमा कार्यरत छन । नागरिक अवरबाट

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP