उपमेयर कप महिला फुटवल : वालिङ नगरपालिका सेमिफाईनलमा प्रवेश ।

आँधीखोला खवर / वालिङ :
काठमाडौंमा जारी अन्तर नगरपालिका स्तरीय उपमेयर कप महिला फुटवल प्रतियोगितामा स्याङ्जाको वालिङ नगरपालिका सेमिफाईनलमा प्रवेश गरेको छ । आज भएको आफ्नो तेस्रो खेलमा वर्दियाको वाँसगढी नगरपालिकासँग बराबरीमा रोकिए पनि अंकका आधारमा समूह विजेता बन्दै वालिङ सेमिफाईनलमा प्रवेश गरेको हो । निक्कै आक्रामक रुपमा खेलेको वालिङ नगरपालिकालाई वाँसगढी नगरपालिकाले रक्षात्मक खेल खेल्दै गोल गर्नबाट बञ्चित गराएको थियो । वालिङ नगरपालिकाको ३ खेलबाट ७ अंक रहेको छ भने समान खेल खेलेको बाँसगढीको ५ अंक रहेको छ ।

अखिल नेपाल फुटवल संघ एन्फाको आयोजनामो उपमेयर कप अन्तर नगरपालिकास्तरीय महिला फुटवल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको हो । वालिङले आफ्नो पहिलो खेलमा सप्तरीको शम्भुनाथ नगरपालिकालाई ११–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा दाङको घोराही उपमहा—नगरपालिकालाई ५—० गोलको अन्तरले पराजित गरेको थियो ।
वालिङ नगरपालिकाले अव सेमिफाईनलमा आगामी १० गते अर्काे समुहको विजेतासँग प्रतिस्पर्धा गर्ने वालिङ नगर कार्यपालिका सदस्य एवम् टिम ब्यवस्थापक रेखा थापाले बताउनुभयो । देशभरीका कूल १८ नगरपालिकालाई चार समूहमा विभाजन गरि खेलाईएको हो चार ओटै समूहका विजेता टोली मात्रै सेमिफाईनलमा प्रवेश पाउने छन् ।
प्रतियोगितामा प्रथम हुने नगरपालिकाले नगद पाँच लाख र द्वितीय हुने नगरपालिकाले नगद तीन लाख प्राप्त गर्ने छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


