स्याङ्जाका चालकलाई ट्राफिक नियम सिकाउँदै ट्राफिक प्रहरी ।


सुशील सुबेदी / वालिङ :
सिद्धार्थ राजमार्गको साघुँरो सडक , यही सडकका दायाँ बाँया खोलीएका अस्तब्यत ग्रामीण सडक खण्ड । दैनिक एक हजार भन्दा बढी लामो तथा छोटो दुरीका भारतीय र नेपाली सबारी साधान यो राजमार्गमा गुड्ने गर्दछन् । भारत र नेपालको सिमाना जोड्ने यस राजमार्ग १८१ किलोमिटर छ । स्याङजा जिल्लाले मात्र यस राजमार्गको ७९ किलोमिटर राम्दी देखि कुभिन्डेसम्म ओगटेको छ । साघुँरो सडक मात्र होईन राजमार्गसँग जोडिन आउने बिभिन्न ५८ वटा शाखा ग्रामीण सडकले दुर्घटनाको जोखीम बढाएका छन् ।

अधिकांश ग्रामीण सडक खण्डका चालक तथा यात्रुले ट्राफिक नियम बिपरीत यात्रु चढाउने गरेको पार्ईएको छ । बिना लाईसेन्स सबारी हाँक्ने जस्ता गतिबीधीले सबारी दुर्घटना बढेको भन्दै स्याङजाको वालिङमा ट्राफिक व्यवस्थापन एबं सुधार बिषयक एकदिने अन्तरक्रिया कार्यक्रम गरिएकोे छ ।
गण्डकी प्रदेश आन्तरीक मामीला तथा कानुन मन्त्रालयको आयोजनामा स्याङजाको वालिङमा ट्राफिक व्यवस्थापन एबं सुधार बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । वालिङ नगरभित्र चल्ने सबारीका चालक , सह—चालक , सबारी व्यवसायी एबं यातायात व्यवसायीलाई सबारी दुर्घटना न्युनिकरण र ट्रफिक नियमको पालना कसरी गर्ने भन्ने बीषयमा अन्तरक्रिया गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख रेशम बहादुर रानाभाटले बताउनुभयो ।
प्रदेश सरकारले बढ्दो सबारी दुर्घटना निराकरण गर्न जनचेतनामुलक कार्यक्रम बिभिन्न जिल्लामा गर्दै आएको गण्डकी प्रदेश आन्तरीक मामीला तथा कानुन मन्त्रालयका उपसचिब गोपीकृष्ण रेग्मीले जानकारी दिनुभयो । ट्राफिक नियमको पालना नगर्दा अत्याधीक दर्घटना भएको बताउँदै रेग्मीले भन्नुभयो , ‘ट्राफिक नियम ट्राफिकको लागि होईन सबारी चालक र यात्रुको लागि हो , दुर्घटना भएपछि पछुताउनु भन्दा पहिले नै यात्रु पनि सचेत हुन आबाश्यक छ । ’

प्रदेश ट्राफिक कार्यालय , जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयको समन्वयमा आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी धुब्र गिरी , वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक शंकर आचार्य, वालिङ उद्योग वाणिज्य संघका महासचिब केशर बहादुर खाँण धु्रव, पत्रकार महासंघ स्याङजाका उपाध्यक्ष अर्जुन काफ्ले , आन्तरीक मामीला तथा कानुन मन्त्रालयका शाखा अधिकृत शिव लम्साल,लगाएतले ट्राफिक नियम सबैले पालना गर्दै दुर्घटना निराकरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरुलाई सचेतनामुलक बिभिन्न बृतचित्र प्रदर्शन गरिएको थियो । ‘यस्तो कार्यक्रम बेला बेलामा ल्याउन सके चालकलाई नयाँ निती नियमको बारेमा जानकार हुन मद्धत पुग्ने थियो ’, २३ बर्षीय महिला अटो चालक अन्जना खनालले बताउनुभयो ।
अधिकांश सार्बजनिक सबारी साधनले गन्तब्यमा नपु¥याउने , सिट संख्या भन्दा बढी यात्रु राखेर सबारी हाँक्ने जस्ता समस्या रहेको कार्यक्रममा सहभागीले गुनासो गरे । बिशेष गरि वालिङ काठमांण्डौका बस तथा हायसले मुडा , काठको फट्टा राखेर यात्रु चढाउने गरेको गुनासो संचारकर्मी हिमलाल पराजुले राख्नुभयो ।

स्याङजा जिल्लामा जम्मा ५ वटा ट्राफिक कार्यालयहरु छन् । यी ५ वटा कार्यालयमा जम्मा १७ जना मात्र ट्राफिक प्रहरी छन् । सबारी साधन कुनै कार्यालयमा छैनन् । प्रहरीको संख्या थोरै त्यो पनी सबारी साधन नहुँदा सडक दुर्घटनामा समयमा पुग्न गाह्रो हुने गरेको ट्राफिक कार्यालय वालिङका प्रमुख तेज राबल बताउनु हुन्छ ।
थोरै सख्याको ट्राफिक प्रहरीले पनि दुर्घटना निराकरणमा उल्लेख्य कार्य गरेको बताउँदै पहिलेको तुलनामा यस बर्ष दुर्घटना घटेको राबलको भनाई छ । जनशक्तिको अभाव छ तर पनि हामी दिनरात नभनी खटेका छौं ट्राफिक प्रहरी पोष्ट वालिङ हवल्दार शंकर रिमालले भन्नुभयो, ‘सवैले साथ दिएमा ट्राफिक व्यवस्थापनमा निक्कै सहज हुनेछ ।’

यस बर्षको तथ्याङ्क अनुशार जिल्लाभित्र ११ वटा सबारी साधन दुर्घटना भएका छन् । जसमध्ये ६ जना ज्यानको गएको छ । ८ जना गम्भीर घाईते र ४३ जना साधारण घाईते भएका छन् । पर्याप्त जनशक्ती , साधन स्रोत हुन सके लापर्बाहीका कारण हुने दुर्घटनाको पुर्ण रुपमा रोकथाम गर्न सकिने अन्तरक्रिया कार्यक्रमका सरोकारवाला निकायले निष्कर्ष निकालेका छन् ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…