स्याङ्जा सहयोग समाज युएई आवुधावी ईकाईको अध्यक्षमा खनाल ।

आँधीखोला खवर / आवुधावी :
स्याङ्जा सहयोग समाज युएई क्षेत्रीय कार्यसमिति आवुधावीको अध्यक्षमा सुरज खनाल चयन हुनु भएको छ । ईकाईको साधारण सभाले खनालको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको हो । पुर्ब अध्यक्ष एवं केन्द्रिय उपाध्यक्ष नारायण प्रसाद डुम्रे र सल्लाहकार राजु पाण्डे नवनिर्वाचित कार्यसमितिलाइ प्रमाणपत्र वितरण गर्नु भएको थियो । आगमी दुई बर्षका लागि निर्वाचित समितिले स्याङ्जाको विकास तथा प्रवासी नेपालीको हितमा काम गर्ने प्रतिवद्धता जनाएको छ ।


कार्यक्रममा प्रवासी नेपालीको समस्याका वारेमा छलफल भएको थियो त्यस्तै आफ्नो गृह जिल्ला स्याङ्जाको समग्र हितमा कसरी काम गर्ने भन्ने विषयमा समेत छलफल भएको स्याङ्जा सहयोग समाज युएइका उपाध्यक्ष नारायण प्रसाद डुम्रेले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP