स्याङ्जा सहयोग समाज युएईको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा भण्डारी निर्वाचित ।
आँधीखोला खवर / युएई :
स्याङ्जा सहयोग समाज युएईको पाँचौ अधिबेशन युएईको वर दुबई स्थित लुम्बिनी गेस्ट हाउसको हलमा सम्पन्न भएको छ । स्याङ्जा सहयोग समाजको परिकल््पनाकार राजेश दर्शन अर्यालको प्रमुख आतिथ्यतामा सप्पन्न भएको पाचौ अधिबेशन ले अध्यक्षमा प्रेमराज भण्डारी सहितको २३ सदस्यीय कार्यसमितिलाइ सर्बसहमतीका आधारमा निर्बाचित गरेको होे छ ।
अधिबेशनमा दुई बर्षे कार्यकालमा गरिएका कामहरुको बारेमा संस्थाका महासचिव ओमकार पोख्रेलले जानकारी गराउनु भएको थियो ।
सस्थाका सदस्य मनु क्षेत्रीको शुभकामना मन्तव्य बाट शुरु भएको अधिबेशनमा याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव ख्याम काफ्ले , सस्थापक उपाध्यक्ष एकेन्द्र बहादुर थापा लगायतले बोलेका थिए ।
अधिवेशनले उपाध्यक्षमा थमन सिंह रानाभाट र नारायण डुम्रे तथा महिला उपाध्यक्षमा सबिना पराजुलीलाइ चयन गरेको हो । त्यसैगरी महासचिव मा जीवन पंगेनी , सचिबद्धयमा बिष्णु गैह्रे र नारायण न्यौपाने , कोषाध्यक्ष मा चोभाकान्त डुम्रे , सह – कोषाध्यक्षमा यामप्रसाद पाण्डे तथा प्रबक्तामा फर्सुराम भण्डारी चयन भएका छन् ।
सदस्यहरुमा सुस्मिता खड्का , अग्निधर भट्टराई , मिनाकुमारी गैह्रे , रुपा न्यौपाने , पिताम्बर अर्याल , गोपाल भट्टराई , यसोदा पराजुली , प्रदीप भट्टराई , मित्रलाल पाण्डे , ठगिन्द्र खनाल (सन्दीप ) लक्ष्मी के सी , जीवन पाठक र बिजय डुम्रे रहेका छन ।
अधिबेशन सम्पन्न गर्नको लागि कार्यसमितिले सस्थाका पुर्व महासचिव लक्ष्मण खनाल लाई निर्वाचन समितिको संयोजक तोकेको थियो, भने सदस्यहरुमा एकेन्द्र थापा तथा राम बहादुर गुरुङ रहनु भएको थियो । (प्रकाश ढकालको सहयोगमा )
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…