स्याङजाको पुतलीबजारमा मोबाइल मर्मत तथा कम्प्युटर डिप्लोमा तालीम सुरु ।
आधिँखोला खवर/ स्याङजा :
रोजगारीको अभावमा दैनिक हजारौ यूवाहरु विदेश गइरहेको बेला पुतलीबजार नगरपालिकाले युवाहरुलाई मोबाइल मर्मत एंव कम्प्युटर डिप्लोमा तालिम सुरु गरेको छ ।
यूवाहरुलाई स्वदेशमै व्यवसायिक बनाउने उद्देश्यले पुतलीबजार नगरपालिकामा मोबाइल मर्मत एंव कम्प्युटर डिप्लोमा तालिम सुरु भएको हो ।

तालीमको उद्द्घाटन गर्दै पुतलीबजार नगरपालिकाका मेयर सिमा कुमारी क्षेत्रीले आफ्नै ठाउँमा वसेर केही गर्न र सिक्न चाहने तथा आर्थिक अवस्थाको कारण तालिममा सहभागी हुने युवाहरूको लागि अवसर भएको बताउनुभयो । उहाले तालीम पश्चात व्यवसाय संचालन गर्ने चाहाने युवाहरुलाइ आवश्यक सहयोग गर्नेमा जोड दिनुभयो ।

तालिममा पुतलीबजार नगरपालिकाका ८५ जना युबाहरुको सहभागिता रहेको छ । कार्यक्रममा स्याङ्जा चेम्बरका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ, पुतलीबजार मेयर स्वकीय सचीव अशोक शर्मा लगायतले बोल्नुभएको थियो । पुतलीबजार नगरपलिकाका प्रसासकिय अधिकृत रुद्र बहादुर मल्ल को सभापतिमा सम्पन्न उद्द्घाटन कार्यक्रमको संचालन पुतलीबजार नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव दयाराम गौतमले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


