उपमेयर कप महिला फुटवल : वालिङ नगरपालिका दोस्रो खेलमा पनि विजयी ।

अमृत पौडेल / वालिङ :
काठमाडौंमा जारी अन्तर नगरपालिका स्तरीय उपमेयर कप महिला फुटवल प्रतियोगितामा स्याङ्जाको वालिङ नगरपालिकाले आफ्नो दोस्रो खेलमा पनि जित निकालेको छ ।
अखिल नेपाल फुटवल संघ एन्फाको आयोजनामा शुक्रबारदेखि शुरु भएको उपमेयर कप अन्तर नगरपालिकास्तरीय महिला फुटवल प्रतियोगिता अन्तर्गत वालिङले दोस्रो खेलमा दाङको घोराही नगरपालिका माथि ५—० फराकिलो गोल अन्तरले जीत निकालेको हो ।

सशस्त्र प्रहरी बलको हेडक्वाटर हलचोकमा भएको समूह ‘ए’ को खेलमा वालिङ नगरपालिकाले घोराही नगरपालिका दाङलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको वालिङ नगरकार्यपालिका सदस्य एवं टिम ब्यवस्थापक रेखा थापाले जानकारी दिनुभयो । यसअघि शनिवार भएको खेलमा शम्भुनाथ नगगरपालिका माथि ११—० को फराकिलो जित निकालेको थियो ।

देशभरीका कूल १८ नगरपालिकालाई चार समूहमा विभाजन गरिएको छ भने समूह विजेताले मात्रै सेमिफाईनलमा प्रवेश पाउने छ ।
प्रतियोगितामा प्रथम हुने नगरपालिकाले नगद पाँच लाख र द्वितीय हुने नगरपालिकाले नगद तीन लाख प्राप्त गर्ने छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


