भीरकोट—७ मा सञ्चालित भलिवल प्रतियोगिता सम्पन्न ।

आँधीखोला खवर/ भीरकोट :
भीरकोट नगरपालिका वडा नं ७ पासीनडाँडामा सञ्चालित अन्तरवडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गणतन्त्र दिवसको अवसर पारेर स्थानीय नेपाल वाईड स्पेश युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिताको समापन गर्दै संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका महासमिति सदस्य राजु थापाले खेल मानव जीवनका लागि अपरिहार्य वस्तु भएको बताउनु भयो । उहाँले खेल क्षेत्रको माध्यमबाट युवाहरुलाई संगठित गर्न सहजहुने धारणा राख्नुभयो ।

नेपालको खेल क्षेत्रमा राज्यको ध्यान जान नसकेको भन्दै बजेट नै कम छुट्याईनु दुखद पक्ष भएको जीकिर गर्नु भयो । युवालाई नेपालमा नै सीप प्रदान गर्नु पर्ने भन्दै नेता थापाले युवा स्वेरोजगारका लागि आँफू प्रतिवद्ध रहेको बताउनुभयो ।
भलिबलको उपाधि आँधीखोला पिस युथ क्लब बयरघारीले जितेको छ । आँधीखोला पिसले आयोजक मेरो नेपाल वाईड स्पेश युवाक्बललाई पराजित गर्दै उपाधि जितेको हो ।

कार्यक्रममा वडा नं ५ का अध्यक्ष यामप्रसाद अधिकारी ७ का अध्यक्ष शेषकान्त अर्याल, कागे्रस नगरसभापति तोयनाथ अर्याल लगायतले बोलेका थिए । १५ टिमको सहभागिता रहेको प्रतियोगितामा विजेताले ४५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेका छ भने उपविजेताले ३५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आँधीखोला पिस युथक्लबका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


