चापाकोटमा निशुल्क माटो परिक्षण शिविर शुरु ।


माधव भट्टराई / चापाकोट :
स्याङ्जाको चापाकोट नगरपालिकामा निशुल्क माटो परिक्षण शिविर शुरु भएको छ । नगरपालिकाको कार्यालय परिसरमा शुरु भएको शिविरको उद्दघाटन गर्दै चापाकोट नगर प्रमुख शिव कुमार गिरीले नगर क्षेत्रमा रहेको जमिनको वास्तविक अवस्था पत्ता लगाउने उद्देश्यले माटो परिक्षण शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले शिविरमा परिक्षण गराई आ—आफ्नो जग्गाको माटोका अवस्था पत्ता लगाउन नगरवासीलाई आग्रह समेत गर्नु भयो । माटोको अवस्था जानकारी भएमा सोही अनुशारको विभिन्न गतिविधी गर्न सकिने छ भन्दै नगर प्रमुख गिरीले भन्नुभयो जमिनको उत्पादकत्व वढाउन पनि माटोको वास्तविक अवस्था जान्न आवश्यक छ ।

३ दिन सम्म चल्ने माटो परिक्षण शिविरबाट नगरपालिकाका १० वटै वडाका कृषकहरुले माटो परिक्षण गराउनेछन् । कार्यक्रमको सञ्चालन जीवन डोटेलले गर्नु भएको थियो ।


समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
५ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…