स्याङ्जाका विभिन्न ३ ठाँउमा झण्डै ९ करोडको लागतमा शीत भण्डार निर्माण हुदै ।

राधाकृष्ण डुम्रे/ स्याङ्जा :
स्याङ्जाका विभिन्न ३ ठाँउमा चालु आर्थिक बर्षबाट शीत भण्डारहरुको निर्माण कार्य शुरु भएको छ । पुतलीवजार नगरपालिका वडा नम्वर ११ जैसीडाँडामा झण्डै ८ करोडको लागतमा व्यवस्थित शीतभण्डारको निर्माण कार्य शुरु भएको हो । स्याङ्जा शीतभण्डार सहकारी संस्थाकोे पहल र भुमी ब्यबस्था तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा शीत भण्डारको निर्माण कार्य शुरु गरिएको हो । निमार्णाधीन शीत भण्डार १ हजार मेट्रिक टन क्षमताको हुने जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले जानकारी दिनुभयो । उहाँले ७ करोड ७३ लाख ८० हजार ९ सय ५१ रुपंैयाको लागतमा शीतभण्डारको निर्माण गरिने बताउनुभयो ।
सहकारी विभागबाट प्राप्त हुने रु २ करोड ५० लाख मध्ये ४० प्रतिशत अर्थात रु १ करोड ६६ लाख ६६ हजार ६ सय ६६ रुपैया शीतभण्डार सहकारीले लगानी गर्नु पर्नेछ । त्यस्तै गण्डकी प्रदेश कृषि तथा सहकारी मन्त्रालयबाट प्राप्त हुने रु २ करोड ५० लाख मध्ये ३० प्रतिशत अर्थात १ करोड ७ लाख १४ हजार २ सय ८५ रुपैया पनि शीत भण्डार सहकारीले नै जुटाउनु पर्नेछ । संघीय मन्त्रालय र प्रदेश मन्त्रालयबाट प्राप्त हुने छुट्टा—छुट्टै रकमको काम समेत बाँडफाड गरिएको संघका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
स्याङ्जा शीतभण्डार सहकारीमा जिल्लाका १०४ सहकारी संस्था तथा पुतलीबजार, भीरकोट र गल्याङ नगरपालीका शेयर सदस्य रहेका छन ।
यस्तै त्रियासी कृषि सहकारी संस्थामा तरकारी र जनबिकास साना किसान सहकारि संस्थामा सुन्तला राख्नको लागि शीतभण्डार बनाउने काम पनि शुरु भएको छ ।
वालिङ नगरपालिका १ को त्रियासी कृषि सहकारी संस्थामा निर्माण गरिने शीतभण्डारको लागि यस बर्ष रु ९८ लाख ७४ हजार छुट्याईएको छ जसमा ६० प्रतिशत अर्थात् ५९ लाख २४ हजार ४ सय रुपैया भुमी ब्यबस्था तथा सहकारी मन्त्रालयको सहकारी विभागबाट प्राप्त हुने सहकारीका अध्यक्ष एवं वालिङ नगर प्रवक्ता केदार काफ्लेले जानकारी दिनु भयो । उहाँले बाँकी ४० प्रतिशत रकम सहकारी आफैले व्यवस्था गर्ने बताउनु भयो ।
त्यस्तै अर्जुनचौपारी गाँउपालिका वडा नम्वर ३ मा पनि सुन्तला राख्नका लागि चालु आर्थिक बर्ष बाट नै शीत भण्डारको निर्माण कार्य शुरु गरिने भएको छ । जनबिकास साना किसान सहकारी सस्थाको पहलमा निर्माण गरिने शीत भण्डार २१ लाखको लागतमा बनाउन लागिएको हो । जसमा ४० प्रतिशत सहकारी आफैले लगानी गर्नेछ भने ५० प्रतिशत अर्थात १५ लाख रुपैया विभागबाट प्राप्त हुने सहकारीले जनाएको छ ।
स्याङ्जामा व्यवस्थित शीतभण्डारको अभाबले सुन्तला, आलु र तरकारी उत्पादक कृषक मर्कामा पर्दै आएकाछन् । व्यवस्थित शीत भण्डारको निर्माण पछि कृषकहरुलाई निक्कै राहत पुग्ने बताईएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


