सिरुबारीमा स्वागत ।

प्रतीक्षा काफ्ले : स्याङ्जाको नागडाँडाबाट उत्तरतर्फ करिब तीन घन्टाको ग्रामीण सडक खण्डमा एउटा ढुंगेगाउँ छ । पैदलमार्गदेखि घरका छानासम्म ढुंगाले निर्माण गरिएको ठाउँको नाम हो, सिरुबारी । नेपालकै पहिलो ग्रामीण होमस्टे यो गाउँ आँधीखोला गाउँपालिका–१ मा पर्छ । होमस्टे पछिल्लो समय ढुंगेगाउँका रुपमा पनि परिचित छ । सिरुबारीको पहिचान नै ढुंग्यानी हो ।
०५४ मा स्थापित सिरुबारी होमस्टे देशकै पहिलो ग्रामीण पर्यटनका रुपमा चिनिएको छ । स्थापनाकालदेखि यहाँका घर, बाटोघाटो, भवनलगायत विविध आकारका ढुंगाले नै निर्माण र सजावट गरिएको छ । “ढुंगाबाहेक अन्य वस्तु प्रयोग गरिँदैन,” स्थानीय जुमकाजी गुरुङ भन्छन्, “सिरुबारीको अर्को महत्त्व नै ढुंगा हो । स्थानीय ढुंगा नै प्रयोग हुन्छ । बाहिरबाट इँटा, ब्लकजस्ता निर्माण सामग्री भने ल्याइँदैन ।” यो होमस्टेमा बस्न चकटी पनि कुदेको ढुंगा नै प्रयोग गरिन्छ ।
गुरुङ समुदायको बाहुल्य यस क्षेत्रमा गुरुङ संस्कृति झल्किने खानपानदेखि कलाको अनुभव देश–विदेशका पर्यटकले लिने गरेका छन् । रुद्रमान गुरुङले नेपालमै पहिलो पटक भिलेज टुरिजमका रुपमा सिरुबारीलाई विकास गरेपछि देशमै दुई सयभन्दा बढी होमस्टे सञ्चालनमा छन् । (नेपाल साप्ताहिक)
समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


