तीन महिने सिलाइ कटाई तालिम सकियो ।

नारायण विश्वकर्मा / गल्याङ :
स्याङजाको गल्याङ नगरपालिका – २ गुठीमा तिनमहिने सिलाइ कटाई तालिम सम्पन्न भएको छ । वडा नम्बर २ कार्यालयको आयोजना तिनमहिने सिलाइ कटाई तालिमको आयोजना गरिएको हो ।
वडाबाट छुट्टाएको साढे २ लाखको बजेटबाट महिला सशक्तिकरण उपभोक्ता समितीका महिला दिदीबहिनीलाई तालिम प्रदान गरिएको हो । तालिमको समापन गर्दे गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले सिकेका सीपलाई व्यवहारमा कार्यान्वयन गरि सफल उद्यमी बन्न सकिने बताउनुभयो ।
साथै उहाँले महिलाको विकास र आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले बजेट छुट्टाएको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष ईव कर्माचार्यले तालिमलाई सिमित नराखी यसलाई व्यवसायतर्फ लैजान आग्रह गर्नुभयो ।
यस्तै नेकपाका नेता छविलाल भुषाल, जनकल्याण दुग्ध वितरण केन्द्र बटुवाका अध्यक्ष भिम भण्डारी, वडा नम्बर २ कार्यालय सहयोगी पुर्ण न्यौपाने लगायतले तालिमलाई व्यवहारमा परिणत गर्न आग्रह गर्नुभयो ।
यस्तै सहभागि महिलाका तर्फबाट गीता भण्डारीले तालिम फलदायी भएको भन्दै यसलाई व्यवसायतर्फ लैजाने प्रतिवद्धता जनाउनुभयो । तालिममा वडा नम्बर २ का ३० जना महिलाको सहभागिता रहेको तालिमको सहजिकरण
विन्दु थापाले गर्नुभएको थियो ।
महिला सशक्तिकरण उपभोक्ता समितीका सदस्य गीता थापाको स्वागतबाट सुरु भएको समापन समारोह समितीका अध्यक्ष रेणु माया थापाको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव ठगीसरा भण्डारीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


