एसईई नतिजामा स्याङ्जा, संस्थागत विद्यालय नै अगाडि ।

कला राना/वालिङ :
स्याङ्जामा एसईईको नजितामा संस्थागत विद्यालय नै अगाडि देखिएको छ । जिल्लामा एक सामुदायिक विद्यालय र चार संस्थागत विद्यालय एकै अवस्थामा रहेकाछन् ।
सामुदायिक तर्फ सार्वजानिक विद्यालय मालुङ्गाका कमल भण्डारीले ३.९ जिपिए प्राप्त गरेका छन् भने संस्थागत तर्फ सगरमाथा आवसीय मावि वालिङ ६ मिर्र्दीका करुणा भट्टराई र सिजन पौडेलले ३.९ प्राप्त गरे भने नेपाल आर्दश वालिङ ८ का समिर पौडेलले ३.९ जिपिए प्राप्त गरेका जिल्ला शिक्षा समन्वय ईकाइ स्याङ्जाका परिक्षा शाखा अधिकृत ईन्द्रप्रसाद तिम्सिनाले जानकारी दिनुभयो । त्यस्तै जीवनज्योति बोर्डिङ स्कूल वालिङ १२ का अजय लुँईटेलले पनि ३.९ जिपिए प्राप्त गरेका छन् । स्याङ्जामा ३.८५ जिपिए ल्याउने विद्यार्थीको संख्या १५ रहेको छ । सगरमाथा माविका दुई विद्यार्थीले ३.९ जिपिए ल्याउन सफल भएकाछन् ।
त्यस्तै ३.६ देखि ३.९ जिपिए प्राप्त गर्ने विद्यार्थी १ सय ६०, ३.२ देखि ३.६ जिपिए प्राप्त गर्ने ४ सय ८१, २.८ देखि ३.२ जिपिए प्राप्त गर्ने ९ सय ३९, २.४ देखि २.८ जिपिए प्राप्त गर्ने १३ सय ७१, १ देखि २.४ जिपिए प्राप्त गर्ने १५ सय १०, १.६ देखि २ जिपिए प्राप्त गर्ने ८ सय ८५, १.२ देखि १.६ जिपिए प्राप्त गर्ने २ सय १५, ०.८ देखि १.२ जिपिए ल्याउने ७ जना रहेका छन् । १.२ देखि १.६ जिपिए ल्याउने विद्यार्थी कक्षा ११ पढ्न पाउने छैनन् ।
त्यस्तै ४१ जना विद्यार्थी परिक्षमा अनुपस्थित भएका थिए भने २७ जनाको परिक्षा स्थगन गरिएको छ । जिल्लाबाट कुल ५ हजार ६ सय ३१ जनाले एसईई दिएका थिए ।

५० वर्षीय महिला नेतृ थापाको एसईई यात्रा, भन्छिन् उत्तिर्ण भएपछि उत्साहित भएकी छु ।
मुलुकभर सांसद शान्ता चौधरी र नायिका करिष्मा मानन्धरको एसईई नजिताको चर्चा चलिरहेका बेला स्याङ्जाकी महिला नेतृ समेत एसईई उत्तिर्ण हुनुभएको छ । वालिङ नगरपालिका ८ की खगिसरा थापा समेत ५० वर्षको उमेरमा एसईई उत्तिर्ण भएपछि पढाईलाई उमेरले छेक्दो रहेनछ् भन्ने उदाहरण प्रष्ट देख्न सकिन्छ । नेपाल कम्युनिष्ट पाटीका जिल्ला सदस्य समेत रहनुभएको थापाले दशको राजनिति र सामाजिक क्षेत्रको दौडानमा शिक्षा नै ठुलो रहेछ भन्ने महशुस गर्नुभयो । थापा भन्नुहुन्छ, “पार्टी र सामाजिक क्षेत्रमा हिँड्दा काम गर्दा सबैकुरा जान्दा पनि शिक्षा नहुँदा धेरै अपुग महशुस गरेँ त्यसैले मैले पुर्णामृत भवानी माविको खुल्ला विद्यालयबाट एसईई दिएकी थिएँ ।”े थप्नु भय उहाँ उत्तिर्ण भए पछि निक्कै उत्साहित भएकी छु ।
पुर्णामृतमा एसईई फम भर्नुभएकी थापाले घरमै होम ट्यूसन र छोराछोरीकै सहयतामा एसईईको तयारी गर्नुभएको थियो । एसईई उत्तिर्ण भएपछि थापा भन्नुहुन्छ,“मुल ढोका खोल्न सफल भएँ म अझै अगाडि बढ्नेछु ।” क्याम्पस पढ्ने र शिक्षालाई निरन्तरता दिँने सोँचमा रहनुभएकी थापाले कुन विषय पढ्ने विषय विज्ञहरुसंग सल्लाह लिएर पढ्ने बताउनुभयो । कक्षा ८ उत्तिर्ण गर्नुभएकी थापाले सामाजिक तथा पारिवारिक कारणले उमेरमा पढाईलाई निरन्तरता दिन पाउनुभएको थिएन् ।
“सामाजिक संजाल मिडियाहरुमा हात नै नभएकाहरुले समेत खुट्टाले लेखेर धेरै प्रगति हाँसिल गरेको देख्दा मलाई पनि पढ्ने प्रेरणा जाग्यो” थापाले भन्नुभयो । २०५५ सालबाट राजनितिमा लाग्नुभएकी थापा अखिल नेपाल महिला संघको वडा हुँदै वालिङ नगर ईन्चार्ज, क्षेत्रिय अध्यक्ष र अहिले जिल्ला उपाध्यक्ष हुनुहुन्छ । पुर्णामृत भवनी माविको खुल्ला विद्यालयबाट एसईईमा २५ जनाले फर्म भरेका थिए ।

यस्तै फेदीखोला गाँउपालिकाका कार्यपालिका सदस्य आँशु विकले पनि एसईई वि पलस ल्याई उतिर्ण हुनु भएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…