पुतलीवजार नगरपालिका—१० ले गर्यो वृद्धवृद्धालाई सम्मान् ।


भवानी अधिकारी / स्याङ्जा :
पुतलीबजार नगरपालिका वडा नं. १० ले वडाभित्रका ६३ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै संबिधानसभा सदस्य राजु थापाले जेष्ठ नागरिक नेपालीका अमूल्य सम्पती भएको बताउदै उहाँहरुका अनुभव र सीपलाई सबैलाई मनन् गर्नुपर्ने बताउनुभयो । उहाँले गास, वास र कपास लाई संबिधानको मौलिक हकमा सुनिश्चित गराएपनि राज्यले ती सबै सेवा सुबिधा उपलब्ध गराउन नसकेकोमा दुख ब्यक्त गर्नुभयो । जेष्ठ नागरिकहरुको सम्मानका लागि टोल टोलमा पार्क, मन्दिर, हिडडुलका लागि वातावरणीय स्थल, नियमित स्वास्थ्य परिक्षण लगायतको सुबिधाका लागि नगरपालिकाले चासो दिनुपर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा वडा अध्यक्ष दुर्गबहादुर शाह, स्वतन्त्रता सेनानी विश्वप्रेम अधिकारी र श्रीप्रसाद घर्ति, क्षेत्रीय सभापति तुलसीराम रेग्मी, महिला नेतृ देवी अर्याल, एकल महिला समूहका संयोजक शुभद्रा अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नुरजंग शाह लगायतले जेष्ठ नागरिकको सम्मानमा आयोजित कार्यक्रमको प्रशंसा गर्नुभयो ।

कार्यक्रम संयोजक एवं वडा सदस्य सुरजकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य लिलबहादुर थापाले स्वागत एवं वडा सचिव मनिका गुरुङ्ले संचालन गर्नुभएको थियो । नागरिकता अनुसार ८० बर्ष पुगेका जेष्ठ पुरुषलाई प्रमाणपत्र, माला, टिर्सट, हर्लिक्स र च्ववनप्रास सहित महिलालाई पछ्योैरा, माला, हर्लिक्स र च्यावनप्रास सहितले सम्मान गरिएको हो ।

समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…