रोग्दीठाटि आधाभुत बिद्यालयको २९ औ बार्षिक उत्सव मनाईयो ।

माधव भट्टराई/चापाकोट :
चापाकोट नगरपालिका वडा १ रोग्दीठाटीमा रहेको रोग्दीठाटि आधाभुत बिद्यालयको २९ औ वाषिर्कोत्सव तथा अभिभावक दिबस विभिन्न कार्यक्रम गरेर मनाईएको छ ।
कार्यक्रममा बोल्दै चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरीले शिक्षाले मात्रै समाज र देशमा गुणस्तरीय परिवर्तन हुन सक्ने धारणा राख्नुभयो । नगरपालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्ने बातावरण मिलाउन विभिन्न गतिविध गरिरहेको भन्दै प्रमुख गिरीले शिक्षकले पनि उत्तरदायित्व बहन गर्ने गरी पढाउनु पर्ने बताउनु भयो । उहाँले शिक्षक,विद्यार्थी र अभिभावक मिलेमा विद्यालयको शैक्षिक गुणस्तर उत्कृष्ट हुने दावी गर्नु भयो । कार्यक्रम चापाकोट नगरपालीका वडा १ वडा अध्यक्ष टीकाराम तिबारीले वडाले विद्यालयको सुधारका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दयाराम भण्डारी को अध्यक्षता भएको कार्यक्रममा स्वागत शिक्षक नारायण भण्डारी र संचालन देबिलाल भण्डारी गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


