जहाँ लोकतन्त्र, त्यहाँ प्रेस स्वतन्त्रता : पूर्वराष्ट्रपति यादव ।
पाल्पा :
पूर्वराष्ट्रपति डा रामवरण यादवले जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ प्रेस स्वतन्त्रता हुने बताएका छन । नेपाल पत्रकार महासङ्घ दलित समितिको आयोजना र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको आतिथ्यतामा नेपाल पत्रकार महासङ्घ दलित समुदायका पत्रकारको राष्ट्रिय सम्मेलनमा उनले विभेद् लोकतन्त्रले स्वीकार गर्न नसक्ने बताए । उनले जातीय विभेद्का विरुद्ध लडिरहन आग्रह गरे ।
सम्मेलनमा महासङ्घका अध्यक्ष गोविन्द्र आचार्यले कतिपय कानूनमा अझै समानता नभएको बताए । उनले सञ्चारको संरचनामा अझै सङ्घीयता नआएको र पत्रकार महासङ्घमा अहिले दलित, महिला, जनजाति तथा मधेशी लगायतका सचिव रहेका जानकारी गराए ।
कार्यक्रममा सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, प्रदेश सभा सदस्य तुलाराम घर्ती र वीरबहादुर राना, जिल्ला समन्वय समितिका संयोजक दयाराज बस्याल, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले दलित समुदायले जातीय आधारमा समस्या भोगेको र त्यस समुदायका पत्रकारका समस्या तथा भोगाइ अझै पीडादायक रहेकाले त्यस्ता समस्या हटाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष गङ्गाधर पराजुली, महासङ्घका महासचिव रमेश विष्ट, सचिव रेश विक, प्रेस युनियनका अध्यक्ष बद्री सिंग्देल, फनिजका अध्यक्ष डण्ड गुंरुङ, प्रगतिशिल पत्रकार सङ्घका अध्यक्ष नारायण शर्मा र दलित पत्रकार सङ्घका अध्यक्ष विनोद पहाडी, वरिष्ठ पत्रकार पत्रकार मेघराज शर्मा लगायतले दलित समुदाय शिक्षित समुदायबाट अपमानित हुनुपरेको र त्यस समुदायका पत्रकारले पनि जातीय विभेद् तथा आर्थिक समस्या झेल्नु परेको बताए ।
सम्मेलनमा नेपालभरका सयभन्दा बढी दलित समुदायका पत्रकारको सहभागिता छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


