सिद्धार्थ राजमार्ग ४ लेनको बनाउने काम छिट्टै शुरु हुन्छ मन्त्री रघुविर महासेठ ।

अर्जुन काफ्ले/ अर्जुन चौपारी :
तथा यातायात मन्त्री रघुबिर महासेठले सरकारको अबको एजेण्डा बिकासको भएको बताउनु भएको छ । अर्जुन चौपारी गाउँपालिका ३ को सहरे पुलको शिलन्यास गर्दै सोमबार मन्त्री महासेठले बिकास निर्माणमा सबै टुटेर नभई सबै जुट्नु पर्ने बताउनुभयो ।
सरकारको बिकासको एजेण्डालाई कसैले रोक्न नसक्ने बताउदै मन्त्री महासेठले भन्नुभयो “सरकारले बिकासलाई अगाडि बढाएको छ । ”
सरकार निर्वाचनमा गरेका बाचालाई पुरा गर्न लागेको बताउदै मन्त्री महासेठले सरकारले ल्याएको बजेटबाट नागरिकले राम्रो सँग जानकारी पाईसकेको बताउनु भयो ।
अहिलेको बजेटमा देशभरका ८० सडकलाई प्राथमिकतामा राखेको बताउदै मन्त्री महासेठले स्याङ्जाको सेतिदोभान —घण्टे —पर्वत सडक र वालिङ् —बारिकुना—चापाकोट—रामपुर सडक परेको बताउनुभयो ।
सरकारले स्याङ्जाले बिशेष ढंगले हेरेको बताउदै मन्त्री महासेठले सिदार्थ राजमार्गलाई चार लेनको बनाउन लागेको बताउनुभयो ।
बिकास निर्माण चाहना भएमा हुने बताउदै मन्त्री महासेठले बिकासको प्रत्याभुति सबैको चाहनाले मात्र पुरा हुने बताउनुभयो । कार्यक्रममा मुख्य सचिब लोकदर्शन रेग्मीले पुललाई चाडो निर्माण गरेर सुचारु गर्न आग्रह गर्नुभयो ।
सडक संजाल बनेमा आर्थिक बिकासमा टेवा पुग्ने बताउदै मुख्य सचिब रेग्मीले आफु स्याङ्जाको भएकाले यहाँको बिकासमा सधै सहयोग गर्ने बताउनुभयो ।
स्याङ्जाको हरेक टोलमा सडक पुगेको बताउदै रेग्मीले दुई जिल्ला र पालिका सदरमुकाम जोड्ने सडक पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य डा गणेशमान गुरुङ, मन्त्रालयका सचिब देबेन्द्र कार्की, अर्जुन चौपारी गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालय लगायतले मन्तब्य राख्नु भएको थियो ।
सडक डिभिजन कार्यालय पोखराले निर्माण गर्न लागेको पुल अर्जुन चौपारी ३ हुदै आधिखोला १ जोड्ने मार्ग हो ।
पुल तिन करोड सात लाख सात हजार ५ सय १० रुपैया ७२ पैसामा निर्माण हुन लागेको हो ।
डेढ बर्षमा निर्माण सक्ने गरी जिएसआर निर्माण सेवा पोखराले काम थालेको डिभिजन प्रमुख हरि प्रसाद पोखरेलले जानाकारी दिनुभयो ।
उहाँले पुल २० मिटर लामो, आरसिसी डबल ल्यान तथा ओपन फाउण्डेसनको भएको बताउनुभयो । यसैबिच अर्जुन चौपारी गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालले मन्त्री महासेठ र मुख्य सचिब रेग्मीलाई हेलु अर्जुन चौपारी रापाकोट पर्वत र राम्च हुदै पर्वत जोडेने सडकको स्तरोन्तीको लागि ज्ञापन पत्र बुझाउनु भएको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


