पुतलीबजार नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक ।

भवानी अधिकारी / स्याङजा :
पुतलीबजार नगरपालिकाको पाँचौ नगरसभाले आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ ।
नगर प्रमुख सीमा क्षेत्रीले चौथौ नगरसभावाट पारीत नीति तथा कार्यक्रममा कार्यसम्पादन नभएका योजनाहरुलाई यस आर्थीक वर्षमा पनि निरन्तरता दिने वताउनु भयो ।
सभाले आर्थिक विकासतर्फ आफनो काम आफनो रोजगार कृषि पर्यटन हाम्रा आधार भन्ने नारा सहित कृषि र पर्यटन क्षेत्रलाई नगरपालिकाले रोजगारी एवं विकासको आधार बनाउने नीति लिएको छ । नगरपालिकालाई तरकारी, दुध, मसलाबाली तथा मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने, सुन्तला नगरको पहिचान बनाउने, वडा नं. ४ स्थित रामकोषलाई कागती र ९ स्थित काल्खुलाई अलैची गाउ बनाउने, बादरले सताएका जग्गामा मेकाडोमियानट खेतीका लागि सहयोग, चक्लाबन्दी गर्ने कार्यलाई प्रोत्साहन गर्ने र प्लटिङ् कार्य निषेध गरिने, मेयरसंग रोजगार, कृषकद्धारा उत्पादित बस्तुको बजारीकरण र हाटबजार एवं संकलन केन्द्रको स्थापना, शीत भण्डार, मिलीनियम ट्रेक, बिभिन्न धार्मिक संघसंस्थाको संरक्षण, प्याराग्लाईडीङ, त्रिवेणीधाम, उद्योग ग्राम तथा एक परिवार एक उद्यमको निती अवलम्बन गरिने जनाइएको छ।
भौतिक पूर्वाधारतर्फ पुराना शालिक संरक्षण गर्दे नया शालिक निर्माण गर्ने, पुतलीबजार नगर उज्यालो शहर, स्याटलाईट शहर, अधुरा विकास योजना पुरा गर्ने, केबुलकार संचालन, एकिकृत खानेपानी योजना, सुकुम्वासी विहीन नगर, कृषि, इन्जिनियरिङ, नसिंङ, हाइड्रोइलोक्ट्रीकल्स जस्ता प्राबिधिक शिक्षालयको स्थापना, बैकल्पिक उर्जाको विकास गर्ने नीति छ ।
सामाजिक विकासमा एकल महिला, अशक्त, बृद्धबृद्धा र फरक क्षमताका ब्यक्तिलाई सामाजिक सुरक्षा भत्ता बितरणमा सहज बनाउने, अस्पतालको स्तरोन्नती गरी शल्यक्रिया सेवा, शैक्षिक संस्थाको स्तरोन्नती र गुणस्तर विकास गर्ने, एक वडा एक वाल उद्यान, बालबालिकालाई मदिरा, सूर्तीजन्य पदार्थ किनवेचमा रोकको निजी, सबै वडामा खेल मैदान, मालेबगरलाई रंगशाला बनाउने, कोेशेलीघर, शैक्षिक सुधारका लागि क्षमता विकास, सूचना ब्यवस्था सूचना प्रबिधि विकास रहेका छन् ।
यसैगरी, सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास र बन बातावरण तथा विपद ब्यवस्थापन सम्बन्धमा २० माइक्रोन भन्दा कमका प्लाष्टिकको मmोला मुक्त क्षेत्र, गुफा र पार्कको नगरपालिका बनाउने, फोहोर न्यूनिकरण, घर घरमा शौचालय, सवै वडा पूर्ण सरसफाईयुक्त बनाइने, जनतासंग मेयर कार्यक्रम, सबै वडामा इन्टरनेट, यातायात कार्यालय र अन्तशुल्क कार्यालय स्थापना, सबै वडामा करदाता शिक्षा कार्यक्रम लगायतका बिबिध नीती तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
सोही कार्यक्रममा उपप्रमुख महेश पुरीले आर्थिक बर्ष २०७६÷०७७ को लागि ६२ करोड ३१ लख ५१ हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ । बजेटको पँुजीगततर्फ ११ करोड ५७ लाख २२ हजार र चालुतर्फ १० करोड ३५ लाख ७२ हजार खर्च हुनेगरी बिनियोजन गरिएको छ । वडा विकास कार्यक्रम तर्फ १ करोड ५० लाख र समपुरक कोषतर्फ ३ करोड बिनियोजन गरिएको छ ।
यसैगरी, बिधायन समितिका संयोजक ख्यामनारायण अधिकारीले नगर प्रहरी सेवा सम्बन्धी ऐन २०७६ र मानव स्वास्थ्य ब्यवस्था ऐन २०७६ सभामा प्रस्तुत गर्नुभएको थियो ।

Facebook Comments Box
TOP