प्रधानमन्त्री ओलीद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षाराेपण

pm planting plants in worlds environmental day

काठमाण्डाै – 

प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको बिरुवा रोपेर फलफूलको बिरुवा रोपण अभियानको सुरुवात गर्नुभएको छ ।  

विश्व वातावरण दिवसको सन्दर्भ बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलका बिरुवा रोपण अभियानको निरनतरता कार्यक्रम’को औपचारिक उद्घाटन गर्नुभएको हो । उहाँले एभोकाडोको बिरुवा राेपेर पानीसमेत हाल्नुभयाे । 

‘एक नेपाली एक फलफूलका बिरुवा रोपण अभियानको निरन्तरता कार्यक्रम’को उद्घाटन समारोहमा सरकारका मन्त्रीहरु, उच्चपदस्थ कर्मचारी, सरकारका सबै निकायका पदाधिकारीलगायतको उपस्थिति थियो । गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री विना मगर, उद्योगमन्त्री मात्रृका यादवलगायतले पनि फलफूलका बिरुवा रोप्नुभएको थियो ।

सरकारले आगामी वर्षलाई वृक्षारोपण वर्षको रुपमा मनाउने घोषणा गरेको छ । त्यसैगरी कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलको उत्पादन गर्ने, सदुपयोगको सिद्धान्तबमोजिम खाली र बाँझो जमिनमा फलफूलका विरुवा रोप्ने नीति कार्यान्वयन गर्ने सिलसिलामा बुधबार फलफूलका बिरुवा रोपनलाई निरन्तरता दिने कार्यक्रमको शुभारम्भ गरिएको हो ।

लमजुङ, रोल्पा, पर्वत, उदयपुर र कास्कीमा सबैभन्दा बढी बिरुवा रोपिएको जानकारी कार्यक्रममा गराईएको थियो ।  

Facebook Comments Box
TOP