प्रधानमन्त्री मोदीले लिए लोकसभा सदस्यको सपथ ।

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार सपथ लिएका छन् । उनि उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभाको सदस्यमा निर्वाचित भएका थिए ।
सोमबार नै अस्थायी सभामुख चुनिका विरेन्द्र कुमारले प्रधानमन्त्री मोदीलाई संसद सदस्यको सपथ गराएका थिए । भारतीय लोकसभाको १७औं बैठक सोमबार नै शुरु भएको हो ।संविधान अनुसार संसदीय दलको नेताको रुपमा मोदीले पहिलो सांसदको सपथ लिएका हुन् । नयाँ लोकसभाका नवनिर्वाचित सांसदहरुले पछि पालैपालो सपथ लिनेछन् । सांसदहरुले सपथ गराउने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।
लोकसभाका सदस्यका रुपमा निर्वाचित भएका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र कानुन मन्त्री रवि शंकर प्रसादले भने सपथ लिएका छन् ।लोकसभाको सभामुखको चयन भने जुन १९का दिन हुनेछ । राष्ट्रपति रामनाथ कोबिन्दले जुन २० तारिखका दिन संसदको दुबै सदनलाई सम्बोधन गर्नेछन् । नयाँ सरकारले केन्द्रीय बजेट आगामी जुलाई ५ का दिन संसद समक्ष प्रस्तुत गरिने कार्यतालिका रहेको छ । एएन
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


