फेदीखोला गाँउपालिकामा शुरु भयो युवा उद्यम कार्यक्रम ।
प्रकाश डोटेल / स्याङजा : स्याङ्जाको फेदीखोला गाउँपालिकाले नेपाल सरकारको सशर्त अनुदानमा युवा उद्यम कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाका युवा जनशक्ति परिचालन गरी उनीहरुलाई उद्यमशील बनाउने र उनीकै माध्यमबाट रोजगार सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

कार्यक्रम अन्तर्गत गाउँपालिकाका वडा नं. १, २ र ४ का जनजागृत युवा किसान समूह, प्रगतिशील युवा समूह, महाउद्यमी युवा समूह गरी ३ वटा समुहलाई उद्यम सञ्चालनाका लागि ५ वर्षसम्म बिना ब्याज ५ लाख प्रदान गरिएको छ ।
“गाउँपालिकामा कोही पनि बेरोजगार बस्न नपरोस, उद्यमशीलताको भरपुर उपयोग होस भन्ने उद्देश्यले यो कार्यक्रमलाई विशेष प्राथमिकताका साथ सञ्चालनमा ल्याएका हौं ।” गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले भन्नुभयो “युवा उद्यम कार्यक्रमबाट ३ वटा समूहका ३० जना व्यवसायी बनिसकेको छन । उहाँले ३० जनाको उद्यमशीलताले ३ सय, ३ हजार हुँदै हजारौं युवालाई रोजगार प्रदान हुने विश्वास गरेको बताउनुभयो ।
कार्यक्रमका लागि आवेदन परेका १२ समूह मध्ये छनोट भएका जनजागृतले कागती खेती, प्रगतिशीलले कुखुरापालन र महाउद्यमीले बेकरी उद्योग चलाउने छन् । प्रत्येक समूहमा १६ देखि ४० वर्षभित्रका १० जना सदस्य छन् । समूहलाई पहिलो किस्ता मार्फत ५० प्रतिशत रकम र उद्यमको कार्य प्रगतिको आधारमा बाँकी ५० प्रतिशत रकम स्थलगत अनुगमनपछि प्रदान गरिने गाउँपालिका कार्यालयले जनाएको छ ।
समूहले प्राप्त रकम १ वर्षसम्म पूर्णरुपमा परिचालन गर्न पाउने, दोस्रो वर्ष १० प्रतिशत, तेस्रो वर्ष २० प्रतिशत, चौंथो वर्ष ३० प्रतिशत र पाँचौं वर्ष ४० प्रतिशत रकम युवा उद्यम विकास घुम्ती कोष खातामा फिर्ता गर्नुपर्नेछ । गुणस्तर एवं परिणाममा काम नगरेमा वा बजेट हिनामिना गरेमा रकम असुल उपर गर्ने, सदस्यलाई कालो सूचीमा राख्ने तथा गाउँपालिकाका सेवा सुविधाबाट बञ्चित गराइने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा महाउद्यमी युवा समूहका अध्यक्ष डिलबहादुर क्षत्रीले गाउँपालिकाले गरेको सहयोग प्रति आभार प्रकट गर्दै सहयोगको सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापा, प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले रकम सदुपयोग गरेर रोजगार हुन युवाहरुलाई आग्रह गरे ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


