फेदीखोला—३ बन्यो गाँउपालिकाको तेस्रो पूर्ण सरसफाई वडा ।

आँधीखोला खवर/ फेदीखोला :
विश्व वातावरण दिवसको अवसर पारेर फेदिखोला गाउपालिकाले वडा नं. ३ लाई पूर्ण सरसफाई वडा घोषणा गरेको छ । वडा घोषणा गर्दे गाउपालिकाका अध्यक्ष घनश्याम सुवेदीले नारामा मात्र घोषणा नभई आफना आनाीवानीमा परिवर्तन गरी निरन्तरता दिएमा मात्र घोषणाले सार्थकता पाउनेमा जोड दिनुभयो ।

कार्यक्रममा उपाध्यक्ष देवी थापा, पूर्व जनप्रतिनिधी सुवेदार बोधराज रानाभाट, प्रगतीशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गीता शर्मा, रेडक्रसका ज्ञानबहादुर रानाभाट, सामुदायिक विकास स्रोत केन्द्रमा रेशमबहादुर रानाभाट लगायतले शुभकामना मन्तब्य ब्यक्त गनुृभएको थियो । वडा नं. ३ का अध्यक्ष कृष्णबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव लक्ष्मीप्रसाद लामिछानेले गर्नुभएको थियो । गत वर्ष गाँउपालिकाले वडा नम्वर १ र ५ लाई पूर्ण सरसफाई वडा घोषणा गरिसकेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


