विश्वकप क्रिकेट : न्यूजिल्याण्ड पराजित, पाकिस्तान सेमिफाइनलमा पुग्ने आशा कायमै ।
बाबर अजमले उत्कृष्ट शतक प्रहार गरेपछि न्यूजिल्याण्डलाई ६ विकेटले पराजित गरी पाकिस्तानले इंग्ल्याण्डमा जारी एकदिवशीय विश्वकपको सेमिफाइनल प्रवेशको आशा कायमै राखेको छ ।

न्यूजिल्याण्डले भने सेमिफाइनलका लागि छनोट हुने अवसर खेर फाल्यो । जारी विश्वकपमा न्यूजिल्याण्डको सातौं खेलमा पहिलो पराजय हो । समान ७ खेलबाट न्यूजिल्याण्डको ११ अंक छ भने पाकिस्तानको ७ अंक भएको छ । पाकिस्तानका लागि अफगानिस्तान र बंगलादेशविरुद्धको बाँकी दुई खेलमा जित हासिल गर्नु सेमिफाइनलको दौडमा अनिवार्य हुनेछ ।
न्यूजिल्याण्डले दिएको २३८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले सुरुवाती २ विकेट सस्तैमा गुमाएको थियो । फकर जमान ९ र इमाम उल हक १९ रनमा आउट हुँदा पाकिस्तान ४४–२ को अवस्थामा थियो ।त्यसपछि बाबर र मोहम्मद अफिजले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । न्यूजिल्याण्डका कप्तान केन विलियमसनको बलमा अनावश्यक शट खेल्ने क्रममा अफिज ३२ रनको स्कोरमा आउट भएपछि आएका ह्यारिस सोहेलसँग मिलेर बाबरले १२६ रनको शतकीय साझेदारी गरे ।
बाबरले १२७ बलमा १०१ रन बनाउने क्रममा ११ चौका प्रहार गरे । सोहेलले ७६ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । जितका लागि २ रन बाँकी हुँदा उनी रनआउट भएका थिए ।
बलिङमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट, लोकी फर्गुसन र विलियमनसनले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले मध्यक्रमका कोनिल डी ग्राण्डहोम र जिम्मी निसमको उत्कृष्ट प्रदर्शनमा ६ विकेट गुमाएर २३७ रनको योगफल खडा गरेको थियो । पाकिस्तानी किशोर स्पिनर साहिन साह अफ्रिदीले उत्कृष्ट बलिङ गरी सुरुवाती ३ विकेट लिएपछि न्यूजिल्याण्डको पारी सुरुमै लडखडाएको थियो ।
मोहम्मद अमिर र सदाव खानले एक एक विकेट लिँदा न्यूजिल्याण्ड ८३–५ को कठिन स्थितिमा पुगेको थियो । तर, निसम र ग्राण्डहोमले छैटौं विकेटका लागि १ सय ३२ रनको साझेदारी गरेपछि न्यूजिल्याण्डले सम्मानित योगफल बनाएको हो । निसमले अन्तिम बलमा छक्का प्रहार गरी ११२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा अविजित ९७ रन जोडे । निसमको यो करिअरकै उत्कृष्ट प्रदर्शन हो । ६४ रन जोडेका ग्राण्डहोमले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे । (उज्यालो)
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


