२४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द

नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द भएका छन् ।

इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो । बन्द गरिएको च्यानलमा अधिकांश भारतीय मनोरञ्जनात्मक च्यानलहरु रहेका छन् ।

महासंघका अनुसार सोमबार अपह्रान्ह ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्म च्यानलहरु बन्द हुनेछन् । विज्ञापनरहित च्यानलको प्रशारण भने नरोकिएको महासंघले जनाएको छ ।

‘विज्ञापन ऐन, २०७६’ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गरेका हुन् ।

नेपालमा प्रसारित विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधानसहित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको क्रममा रहेको छ । (उज्यालो)

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP