स्याङ्जा सदरमुकाम पुतलीबजारमा हर्न बजाउन निषेध ।
प्रतीक्षा काफ्ले / स्याङ्जा :
जिल्ला सदरमुकाम पुतलीबजारलाई हर्न निषेध घोषणा गरिएको छ । जिल्ला ट्राफिक र जिल्ला प्रहरी कार्यालयको आयोजनामा जिल्ला सदरमुकामलाई ध्वनी निषेध गराउने उदेश्य स्वरुप बाडखोला देखि ट्राफिक चोकसम्म हर्न निषेध गरिएको हो ।
ठूलो ध्वनीका कारण शैक्षिक संघ-संस्था, वित्तिय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, बृद्धबृद्धा तथा बालबालिकालाई असर पुगेकाले हर्न निषेध गर्न खोजिएको जिल्ला प्रहरी प्रमुख राजकुमार लम्साल बताउनुभयो । पुतलीबजार नगरपालिकासंग पहिलो चरणमा छलफल गरेर दोस्रो चरणमा यातायात व्यवसायीसंग छलफल गरेर मात्रै घोषणा गरिएको उहाँले बताउनु भयो ।
‘बढी प्रतिस्पर्धा हुदा“ दुर्घटना पनि बढीरहयो’ एसपी लम्सालले भन्नुभयो, ‘हर्न निषेध गरेपछि गाडीको स्पीड पनि कम हुन्छ । चालक सचेत हुन्छन् । जसका कारण दुर्घटना कम हुने विश्वास छ ।’ अत्यावश्यक अवस्थामा चल्न पाउने दमकल, एम्बुलेन्स, प्रहरी लगायतका सवारी बाहेक अन्यलाई मात्र हर्न निषेध गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक रेशमबहादुर रानाभाटले बताउनुभयो । यसो त प्रहरीले पुतलीबजार क्षेत्रमा ट्याक्टरलाई प्रवेशसमेत निषेध गर्ने निर्णय गरेको छ । सवारी क्रस गर्न पाइने भएता पनि सिधै हिड्ने भने नपाइने रानाभाटले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको अगाडि हर्न निषेध भनेर लेखिएको बार्ड राखिएको छ । बुधबार देखी बाडखोला र चौकीबजारसम्म १० वटा बोर्ड राख्ने योजा रहेको जिल्ला प्रहरी प्रमुख एसपी लम्सालले जानकारी दिनुभयो ।
‘केही समय नकरात्मक कमेण्ट आउ“छन्’ एसपी लम्सालले भन्नुभयो, ‘यसबाट हुने फाइदा सवैले बुझ्दै गएपछि मात्र सवै जनाले सहयोग गर्नुहुन्छ । क्रमशैः सकारात्मक प्रभाव पर्छ ।’ तोकिएको सीमा क्षेत्रको दुवैतर्फ प्रहरीलाई डियुटीमा खटाएर बुधबारदेखी नै सवारी साधनका चालक, सह–चालक र यात्रुहरुलाई जानकारी गराउने उहाँले जानकारी दिनुभयो ।
१० दिनसम्म परीक्षण गरिने प्रहरीले बताएको छ । परीक्षण पश्चात चालकले नियम पालना नगरे पहिलो चरणमा ५ सय, दोस्रो चरणमा १ हजार र तेस्रो चरणमा १५ सय रुपैया जरिवाना लिइने रानाभाटले बताउनुभयो । सवारी एनेअनुसार कारबाही प्रकृया अगाडि बढाइने प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्रीस्याङ्जा चापाकोटमा सकेट बिस्फोट ,एक घाइते
३ हप्ता अगाडि
गोपिकृष्ण रेग्मी/चापाकोट : स्याङ्जाको चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउमा सकेट बम विस्फोट हुँदा एक जना घाइते भएका छ्न । चापाकोट नगरपालिका…