सगरमाथा मापनका क्रममा ५० लाखमा आफ्नो नाम जोडेर अनावश्यक प्रचार गरियो-मन्त्री अर्याल ।

राधाकृष्ण डुम्रे / वालिङ :
नेपाल सरकारका भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्माकुमारी अर्यालले सगरमाथा मापनका क्रममा ५० लाखमा आफ्नो नाम जोडेर अनावश्यक प्रचार गरिएको बताउनु भएको छ । मन्त्री अर्यालले भन्नुभयो सगरमाथाको उचाई मापनका क्रममा उचाई मापन टोलीलाई विदाई गर्न, हौसला बढाउन आधार शिविर पुग्दा भएको खर्चलाई लिएर अर्नगल प्रचार गर्नु गलत हो । उहाँले थप्नु भयो ५० लाख होईन ११ करोडको लगानीमा सगरमाथाको वास्तविक उचाई मापनका लागि सरकार लागेको हो ।” आँफूसंग जोडिएको समाचार सत्य नभएको भन्दै अर्यालले भन्नुभयो, “स्वर्ग जस्तै ठाउँमा पुग्दा फोटो र सेल्फी खिच्नु त स्वभाविक होईन र ?

नेपाल कम्युनिष्ट पार्टी वालिङ नगरकमिटिले आयोजना गरेको जनतासंग जनप्रतिनिधि कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सिद्धार्थ राजमार्ग अन्तर्गत धेरैको ज्यान लिएको सिद्धबाबा सडकमा सुरुङमार्गका लागि डिपिआर तयार गरिएको बताउनु भयो । सरकारले समग्र सिद्धार्थ राजमार्गको स्तर उन्नती गर्ने योजना अनुशार अगाडि वढेको बताउनु भयो । त्रिदेशीय सिमाना जेडिएको सिद्धार्थ राजमार्ग विकासको महत्वपूर्ण मेरुदण्ड भएको स्पष्ट पार्नुभयो ।
लुम्बिनी र पोखरा आएका पर्यटकलाई स्याङ्जा हुँदै आवतजावत गराउन सकिए जिल्लाका होमस्टे, प्याराग्लाईडिङ, जलयात्रा अन्य पर्यटकीय स्थलहरुलाई पर्यटकको रोजाई बनाउन सकिने बताउनुभयो । हरेक विकास गर्दै गर्दा दीर्घकालिन योजनाका साथ सरकार अगाडि बढेको भन्दै जानकारी गराउनु भयो ।

मन्त्री अर्यालले आँधीखोला हाईड्याम उच्च प्राथामिकतामा रहेको बताउनुभयो । उहाँले ६ जिल्लामा १५÷१५ सैयाको अस्पताल बन्ने र १५ बाट विस्तारै ५०/१०० सैयासम्म पुरयाउन सकिने बताउनुभयो । स्याङ्जा पर्यटकीय क्षेत्र स्वरेक मैदान, सतिवेणी, अकला, गह्रौँसुर, सतौँचण्डकी प्राथामिकतामा रहेकोे बताउनुभयो । स्वास्थ्य, विमा, गरिव पहिचान, राष्ट्रिय पचिय वितरणमा स्याङ्जा समेत समेटिनु सकरात्मक पक्ष भएको भन्दै एक पालिका एक प्राविधिक शिक्षालय हुने जानकारी गराउनुभयो ।
कृषि विना सरकारको समृद्धिको लक्ष्य पुरा हुन नसक्ने भन्दै कृषिलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । कृषि उपजलाई भण्डारणका लागि जिल्लामा शितभण्डार निर्माणाधिन अवस्थामा रहेको मन्त्री अर्यालको भनाई छ ।

कार्यक्रममा सहभागिहरुले आँधीखोला हाईड्याम, सुविधा सम्पन्न अस्पताल, कृषि उपजको बजारीकरणका लगायतका विषयमा पहल गरिदिन जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका विधायन समिति सभापति एवं प्रदेश सांसद मोहन रेग्मीले जिल्लाको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा समन्वयात्मक भुमिकामा लाग्नुपर्ने बताउनुभयो । स्मार्टको अवधारणामा अगाडि बढेको वालिङको समग्र विकास गर्न हरेक पक्षलाई स्मार्ट बनाउन ध्यानार्कषण भएको बताउनुभयो ।
विनियोजित रकमलाई सही ढंगले लगाउन सकिएन भने त्यस्ता योजना सफल नहुँने भन्दै यसका लागि जनप्रतिनिधि र स्थानीय जनताको भुमिका समत्वयात्मक हुनुपर्ने साांसद रेग्मीको भनाई छ । नेकपा नगर अध्यक्ष राजेन्द्र डुम्रेले कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो भने सञ्चालन सचिवन रमेश अर्यालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


