नेकपा वालिङले गर्यो थामको डाँडामा बृक्षारोपण ।

आँधीखोला खवर/वालिङ :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वालिङ नगरकमिटिले जननेता मदन भण्डारीको जन्म जयन्ती तथा राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा बृक्षारोपण गरेको छ । नगर कमिटिले वालिङ नगरपालिका ६ स्थित थामको डाँडामा वृक्षारोपण गरेको हो । वृक्षारोपण कार्यक्रमको नेकपा गण्डकी प्रदेश कमिटि सदस्य किशोरविक्रम मल्लले उद्दघाटन गर्नुभएको हो । कार्यक्रममा प्रदेश कमिटि सदस्य लक्ष्मीपति पौडेल, जिल्ला समन्वय उपप्रमुख दिलिप बगाले, वडा नं. ६ का अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, १३ का अध्यक्ष आनन्द पाठक, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलसहितको टोलीले वृक्षारोपण गरेको हो ।


नगर कमिटि अध्यक्ष राजेन्द्र डुम्रेले सृजनशिल नेता, जननेता मदन भण्डारीको मदन जयन्तीको अवसर तथा नेपाल सरकारले असार १४ लाई वृक्षारोपण दिवसको रुपमा मनाउन शुरु गरेको भन्दै वालिङको पर्यटकीय स्थान थामको डाँडामा वृक्षारोपण गरिएको बताउनुभयो । वृक्षारोपण अन्र्तगत विशेष गरी फलफूलका विरुवा रोपण गरिएकाले फलफूल उत्पादन र पर्यटकीय स्थानको रौनकताका लागि सहयोग पुग्ने विश्वास लिईएको नगर कमिटि अध्यक्ष डुम्रेले बताउनुभयो ।
चिउरी, कटहर, एभोकाडो, लिच्चि, लस्सी, अमला, तेजपत्तालगायतका ६० विरुवा रोपण गरिएको छ । नगर कमिटि सचिव रमेश अर्यालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । डाँडाबाट वालिङ बजारको दृष्य, मिर्दि, रामबाच्छा, सुर्कोँदी, स्वरेक डौँवालगायतलका दृष्यवलोकन गर्न सकिन्छ । थामको डाँडामा भ्यु टावरको समेत निर्माण शुरु गरिएको छ । प्रदेश मातहतबाट जिल्ला वन कार्यालयमार्फत ५ फिटको भ्युटावर निर्माण हुन लागेको हो ।
वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठका अनुसार करिव ४ लाख ८० हजारको लागतमा टावर निर्माण सक्ने योजना रहेको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत वालिङको मिर्दिदेखि देखि ढेढ किलोमिटरको दुरीमा रहेको थामको डाँडा ढलेको स्वामी, कालीमाटी र साविक सनराईज बोर्डिङ स्कूलबाट ग्रामिण सकड हुँदै पुग्न सकिन्छ । नगरपालिकाले समेत थामको डाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागी विशेष पहल थालेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ । त्यहाँ सम्म पुग्नका लागी टे«ेकिङ रुट समेत निर्माण गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बढ्दो शहरीकरणसंगै एकान्त र शान्त स्थानको खोजीमा रहेका वालिङ बासीलाई थामको डाँडा गन्तव्य बन्न सक्छ ।

Facebook Comments Box
TOP