नारी जागरण सहकारीद्वारा भुम्रे माविका सुस्तमनस्थिति बालबालिकालाई फ्रिज प्रदान ।


कला राना / वालिङ :
नारी जागरण बचत तथा ऋण सहकारी संस्था वालिङ ९ भुम्रेले भुम्रे माध्यमिक विद्यालयमा रहेको सुस्तमनस्थिति कक्षाका लागी रेफ्रीजेरेटर प्रदान गरेको छ । सहकारीले विद्यालयमा अध्ययनरत सुस्तमनस्थिति बालबालिकाहरुको बसाई व्यवस्थापनमा सहयोग मिलोस भनी सामाजिक उत्तर दायित्व अन्र्तगन फ्रिज प्रदान गरेको हो ।

सहकारीका उपाध्यक्ष बुद्धमान गुरुङ, सचिव पुर्णबहादुर गुरुङ र सल्लाहकार राजेन्द्र डुम्रेले विद्यालय व्यवस्थापन समिति अध्यक्ष टोपबहादुर विक र प्रधानाध्यापक धनपति पंगेनीलाई २१ हजार ५ सय रुपैँया पर्ने फ्रिज हस्तारन्तरण गर्नुभएको हो । विद्यालय परिवारले सहकारी संस्थाको कार्यप्रति धन्यवाद ज्ञापन गर्दैै आर्थिक कारोबार गर्दै आईरहेको संस्थाले सामाजिक कार्यमा तत्परता देखाउनु निकै सराहनीय कार्य रहेको जनाएको छ ।
समाचार
थप सामाग्री
रेडक्रस मानव सभ्यता बचाउने संस्था हो : सांसद थापा
६ दिन अगाडि
स्याङ्जा : प्रतिनिधि सभा सदस्य सांसद राजु थापाले रेडक्रस मानव सभ्यता बचाउने संस्था भएको बताउनु भएकाे छ । नेपाल रेडक्रस…