नारी जागरण सहकारीद्वारा भुम्रे माविका सुस्तमनस्थिति बालबालिकालाई फ्रिज प्रदान ।

कला राना / वालिङ :
नारी जागरण बचत तथा ऋण सहकारी संस्था वालिङ ९ भुम्रेले भुम्रे माध्यमिक विद्यालयमा रहेको सुस्तमनस्थिति कक्षाका लागी रेफ्रीजेरेटर प्रदान गरेको छ । सहकारीले विद्यालयमा अध्ययनरत सुस्तमनस्थिति बालबालिकाहरुको बसाई व्यवस्थापनमा सहयोग मिलोस भनी सामाजिक उत्तर दायित्व अन्र्तगन फ्रिज प्रदान गरेको हो ।

सहकारीका उपाध्यक्ष बुद्धमान गुरुङ, सचिव पुर्णबहादुर गुरुङ र सल्लाहकार राजेन्द्र डुम्रेले विद्यालय व्यवस्थापन समिति अध्यक्ष टोपबहादुर विक र प्रधानाध्यापक धनपति पंगेनीलाई २१ हजार ५ सय रुपैँया पर्ने फ्रिज हस्तारन्तरण गर्नुभएको हो । विद्यालय परिवारले सहकारी संस्थाको कार्यप्रति धन्यवाद ज्ञापन गर्दैै आर्थिक कारोबार गर्दै आईरहेको संस्थाले सामाजिक कार्यमा तत्परता देखाउनु निकै सराहनीय कार्य रहेको जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


