स्याङ्जाको नागडाँडामा अन्धाअन्धी श्रवणकुमार शालिक राखिने ।


भवानी अधिकारी / स्याङ्जा :
पुतलीबजार नगरपालिका ४ स्थित नागडाँडामा अन्धाअन्धी श्रवणकुमार शालिक राखिने भएको छ । सिद्धार्थ राजमार्गको स्याङ्जा पोखरा सडक खण्डको नागडाँडा बजार चोकमा शालिक निर्माणका लागि आज शिलन्यास गरिएको हो ।

शिलन्यास गर्दै गण्डकी प्रदेश सदस्य मीनप्रसाद गुरुङले गण्डकी प्रदेश पर्यटकीय हव भएको र स्याङ्जाका एक सय १० वटा पर्यटकीय गन्तब्य मध्ये अन्धाअन्धी दहलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । आँधीखोला र श्रवणकुमार स्याङ्जाको पहिचान भएको बताउदै धार्मिक पर्यटनलाई मुक्तिनाथसम्म जोड्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

सिद्धार्थ राजमार्ग हुदैं लुम्बिनी र मुक्तिनाथ जाने हजारौं भारतीय पर्यटक मध्ये केहीलाई ५÷१० प्रतिशतलाई मात्र श्रवणकुमार समाधीस्थल सम्म लानसके मात्र पनि धेरै उपलब्धी हासिल हुने उहाँको भनाई छ ।

आँधीखोला गाउँपालिकाको प्रवेशद्धार पुतलीबजार ४ नागडाडाँमा पुतलीबजारसंगको सहकार्यमा शालिक राखिने भएको हो । श्रवणकुमारले आफना दुबै आँखा नदेख्ने आमाबुवालाई बोकेर हिडेको प्रतिकात्मक शालिक राखिने भएको छ । मुक्तिनाथ दर्शनका लागि दुबै बाबुआमालाई खर्पनमा बोकेर हिडेका वेला तिर्खालागेपछि श्रवणकुमारले आफना दृष्ट्रिविहीन बाबुआमालाई चिलाउनेवास स्थित अन्धाअन्धी क्षेत्रमा राखेर वाङसिङ्को ध्याङ्साङ्दीको मुहानमा पानी लिन जाँदा तत्कालिन राजा दशरथको बाण लागेर मृत्यु भएको मानिन्छ । सोही मुहान आँधीखोलाको उदगम स्थल हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, आँधीखोला गाउपालिकाका अध्यक्ष सुधिरकुमार पौडेल, नेपाली कांग्रेसका थमन बोगटी, पर्यटन विकास समितिका पूर्व उपाध्यक्ष अनन्तकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले आँधीखोला गाउँपालिका लगायत समग्र स्याङ्जाको विकासका लागि सहकार्य गर्दे अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । पुतलीबजार नगरपालिका ४ का अध्यक्ष ओमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको आधीखोला गाउपालिका ५ का अध्यक्ष कृष्णप्रसाद पनेरुले स्वागत एवं नागडा टोल विकास संस्थाका अध्यक्ष ख्याम पौडेल संचालन गर्नुभएको थियो ।

झण्डै १० फिट उचाईं र दाँयाबायाँगरी ८ फिट चौडाईमा फेैलनेगरी श्रवणकुमारले खर्पनमा आफना दृष्ट्रिविहीन आमाबुवा बोकेर हिडेको प्रतिकात्मक शालिक निर्माण गरिने भएको हो । भारतमा निर्मित सो शालिक कपर फाइवरबाट बनेको छ । करिब १५ लाखको लागतमा दुई साताभित्र शालिक स्थापना गर्नेेगरी निर्मार्ण गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…