स्याङ्जाको मिर्मीमा भेटिएको शंकास्पद वस्तु सेनाद्धारा निश्क्रिय ।


आँधीखोला खवर/मिर्मी :
स्याङ्जा कालिगण्डकी गाउँपालिका वडा नम्वर ७ मिर्मी बजारमा भेटिएको शंकासपद वस्तु सेनाको टाली निश्क्रिय बनाएको छ । शङ्कास्पद बस्तु फेला परेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जयपतेबाट प्रहरी अधिकृतको कमाण्डमा टोली वस्तु भएको ठाँउमा पुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीका अनुशार हसिया हथौडा भएको रातो झण्डामा पुरानो प्रयोग भएको प्रेशर कुकरबाट तार निस्केको अवस्थामा वस्तु भेटिएको थियो । उक्त वस्तु नेपाली सेनाको टोलीले निश्क्रिय गरेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।




तस्वीर -सवलपोष्ट
समाचार
थप सामाग्री
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
६ दिन अगाडि
वालिङ : स्याङ्जाको सबैभन्दा ठूलो सहकारी संस्था उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा तथा नवौं…