दीगो विकासका लागि जनसहभागिता आवश्यक-मन्त्री अर्याल ।

राधाकृष्ण डुम्रे / वालिङ :
भुमि व्यवस्था सहकरी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले विकास निमार्णमा जनसहभागिता बनाउन अपरिहार्य रहेको बताउनु भएको छ । मन्त्री अर्यालले भन्नुभयो,“जनसहभागिताले नै विकासलाई दीगो र भरपर्दाे बनाउदछ ।” स्याङ्जामा निर्माणाधीन आयोजनाहरुको अनुगमन तथा निरिक्षण गर्दै मन्त्री अर्यालले श्रोत र साधनको उपयोग तथा संरक्षणमा जोड दिन समेत आग्रह गर्नुभयो । आफ्नो गाउँठाउँमा के कस्ता विकासका गतिविधि भईरहेकाछन् यसमा सर्वसाधारण जनता चनाखो हुनु पर्ने मन्त्री अर्यालको भनाई छ । उहाँले जनता सक्रिय भएमा मात्रै गुणस्तरीय विकास सम्भव हुने स्पष्ट पार्नु भयो ।


संघीय सरकारबाट सञ्चालित जिल्लाका सडक, पार्क, मालपोत कार्यालय, नापी कार्यालय, स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुको समेत मन्त्री अर्यालले अनुगमन तथा निरिक्षण गर्नुभएको मन्त्रीका निजी सचिव ललित थापाले जानकारी दिनुभयो । अनुमगनका क्रममा मन्त्री अर्यालले गुणस्तरीय काम, छिटो र छरितो गर्न ठेकेदार कम्पनी तथा निर्माणकर्तालाई निर्देशन पनि दिनुभएको छ ।

मन्त्री अर्यालले भन्नुभयो, “योजनाहरु दीर्घकालिन होस, एउटा विकासले विभिन्न भावी संभावनाहरु निर्माण गरोस ।” आयोजनाहरुमा जनस्तरको समेत चासो हुनपर्ने भन्दै योजना माग गरेर मात्रै दायित्व पुरा नहुने मन्त्री अर्यालको भनाई छ । उहाँले थप्नु भयो जन आंकक्षा पुरा हुने गरी छिटो छरितो काम गर्न आवश्यक छ ।
मन्त्री अर्यालले काम भए नभएको अनुगमन गरी छिटो काम सम्पन्न गर्न जनदवाव आवश्यक पर्नेमा जोड दिनु भयो ।

Facebook Comments Box
TOP