देशभर मौसममा बदली, ठूलो वर्षाको सम्भावना छैन : मौसमविद् ।

काठमाण्डौ – देशभर मनसुन सक्रिय भएकाले बिहीबार अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार मध्य र पूर्वको तुलनामा पश्चिमको थोरै ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी गतिविधिका कारण देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना देखिएको हो । मनसुनी गतिविधि सक्रिय हुँदा काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका केही स्थानमा बिहीबार बिहानैदेखि हलुका वर्षा भैरहेको छ । केही स्थानमा भने पानी पर्न रोकिएको छ ।
मौसमविद् पोखरेलका अनुसार मध्य र पूर्वका केही स्थानमा दिउँसोसम्म नै पानी पर्ने र रोकिने क्रम भैरहन्छ । पश्चिमको मौसम भने दिउँसोपछि खुल्ने उहाँको अनुमान छ । पश्चिममा पोखरा आसपासको क्षेत्रमा पानी पर्ने सम्भावना पनि रहेको छ । तर देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो । (उज्यालो)
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…