देशभर मौसममा बदली, ठूलो वर्षाको सम्भावना छैन : मौसमविद् ।
काठमाण्डौ – देशभर मनसुन सक्रिय भएकाले बिहीबार अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार मध्य र पूर्वको तुलनामा पश्चिमको थोरै ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी गतिविधिका कारण देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना देखिएको हो । मनसुनी गतिविधि सक्रिय हुँदा काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका केही स्थानमा बिहीबार बिहानैदेखि हलुका वर्षा भैरहेको छ । केही स्थानमा भने पानी पर्न रोकिएको छ ।
मौसमविद् पोखरेलका अनुसार मध्य र पूर्वका केही स्थानमा दिउँसोसम्म नै पानी पर्ने र रोकिने क्रम भैरहन्छ । पश्चिमको मौसम भने दिउँसोपछि खुल्ने उहाँको अनुमान छ । पश्चिममा पोखरा आसपासको क्षेत्रमा पानी पर्ने सम्भावना पनि रहेको छ । तर देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो । (उज्यालो)
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


