मगर संगठनको ईतिहास, वर्तमान अवस्था र भावी कार्ययोजनाका विषयमा प्रशिक्षण ।
कला राना/वालिङ :
वालिङमा मगर संगठनको स्थापनादेखि वर्तमान अवस्था र भावी कार्ययोजनाका विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ वालिङ नगरसमितिले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्दघाटन गर्दै नेपाल मगर संघका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुनले मगर संघ मगर समुदायका हकहित स्थापित गर्दै मगर संस्कार र संस्कृतिको संरक्षण तथा प्रर्वद्धनका लागी स्थापित भएको भन्दै संख्यात्मक हिसाबले मगर समुदाय नेपालको तेस्रो ठूलो समुदाय रहेको बताउनुभयो । साथै उहाँले मगर समुदायको उत्पत्तिका विषयमा एकमत नभएको भन्दै यसमा थप अनुसन्धान जारी रहेको भन्दै मुुलुकमा कुल जनसंख्याको ७ दशममलव १ प्रतिशत मगर समुदायको बाहुल्यता रहेको महासचिव पुनले बताउनुभयो ।
कार्यक्रममा संघका केन्द्रिय सचिव प्रेम रोका, केन्द्रिय सदस्यद्धय खगिसरा थापा र लोकेन्द्र थापा, संघका प्रदेश सल्लाहकार तेजबहादुर आले, संघका जिल्ला सल्लाहकार पुर्णबहादुर थापा, नेपाल मगर महिला संघका प्रदेश संयोजक रुपा आले, संघका जिल्ला समन्वय उपाध्यक्ष खुमबहादुर विरकट्टा लगायतले संस्कार र संस्कृतिले मानिसलाई असल र अनुसाशित बनाउने बताउनुभयो । नगरका डेढसय बढीको सहभागिता रहेको प्रशिक्षणमा संघका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुनले प्रशिक्षण प्रदान गर्नुभएको हो । कार्यक्रममा नगरबाट जिल्ला समन्वय समितिमा निवार्चित हुनुभएका ६ जनालाई सम्मान गरिएको थियो ।
संघको जिल्ला समन्वय उपाध्यक्षमा द्धय क्या. डिलबहादुर थापा र खुमबहादुर बिरकट्टा, सहसचिवमा लोकबहादुर सारु र सदस्यहरुमा कृष्ण थापा, उमेश दर्लामी र पुर्णमाया थापालाई सम्मान गरिएको हो । नगर अध्यक्ष क्या. डिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विश्वप्रकाश थापा र सञ्चालन सिता थापाले गर्नुभएको थियो । सांस्कृतिक हिसाबले विविधता रहेको समुदायमा मगर काईके, मगर खाम र मगर ढुट गरी ३ मातृभाषाको प्रयोग नेपालमा गरिँदै आईएको छ । मगर समुदायको ऐतिहासिक मुख्य थाततलो गण्डकी क्षेत्र र राप्ती क्षेत्र रहेको छ ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…