लागु औषध तथा मदिरा नियन्त्रण सम्बन्धी अभिमूखीकरण ।

आँधीखोला खवर/ स्याङ्जा :
जिल्ला रेडक्रस सोसाइटी गणेशपुर उपशाखाको आयोजना तथा पुतलीबजार नगरपालिकाको आर्थिक सहयोगमा लागु औषध अपराध निषेध तथा मदिरा नियन्त्रण सम्बन्धी अभिमूखीकरण कार्यक्रम पुतलीबजार नगरपालिका ४ मा गरिएको छ ।
कार्यक्रमको उदघाटन गर्दे वडा अध्यक्ष ओमबहादुर खड्काले वडालाई लागु औषध सम्बन्धी आवश्यक बिभिन्न कार्यक्रम संचालनका साथ युवाहरुलाई परिचालन गर्दे नमूना वडा निर्माण गर्ने बताउनुभयो । स्वस्थ्य मन र शरिर भएमात्र बिकास र समृद्धी हुने बताउदै अध्यक्ष खड्काले जनचेतनासंगै विकास र समृद्धीमा जुट्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
सामुदायीक सेवा प्रगतीनगरका अध्यक्ष विश्वनाथ पौडेल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, रेडक्रस सोसाइटी गणेशपुर उपशाखाका उपसभापति खगेन्द्र सुवेदी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

लागु औषध नियन्त्रण तथा रोकथाम सम्बन्धी प्रहरी नायब निरीक्षक नवराज पौडेल तथा जीवन वाटिका स्याङ्जाका अध्यक्ष नविन अर्यालले एचआइभी र लागु औषध सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
जिल्ला रेडक्रस सोसाइटी गणेशपुर शाखा अध्यक्ष राम शर्मा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव डोलराज पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा महिला समूह, टोल विकास संस्था, बालबालिका र युवाहरुको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


