लागु औषध तथा मदिरा नियन्त्रण सम्बन्धी अभिमूखीकरण ।


आँधीखोला खवर/ स्याङ्जा :
जिल्ला रेडक्रस सोसाइटी गणेशपुर उपशाखाको आयोजना तथा पुतलीबजार नगरपालिकाको आर्थिक सहयोगमा लागु औषध अपराध निषेध तथा मदिरा नियन्त्रण सम्बन्धी अभिमूखीकरण कार्यक्रम पुतलीबजार नगरपालिका ४ मा गरिएको छ ।
कार्यक्रमको उदघाटन गर्दे वडा अध्यक्ष ओमबहादुर खड्काले वडालाई लागु औषध सम्बन्धी आवश्यक बिभिन्न कार्यक्रम संचालनका साथ युवाहरुलाई परिचालन गर्दे नमूना वडा निर्माण गर्ने बताउनुभयो । स्वस्थ्य मन र शरिर भएमात्र बिकास र समृद्धी हुने बताउदै अध्यक्ष खड्काले जनचेतनासंगै विकास र समृद्धीमा जुट्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
सामुदायीक सेवा प्रगतीनगरका अध्यक्ष विश्वनाथ पौडेल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, रेडक्रस सोसाइटी गणेशपुर उपशाखाका उपसभापति खगेन्द्र सुवेदी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

लागु औषध नियन्त्रण तथा रोकथाम सम्बन्धी प्रहरी नायब निरीक्षक नवराज पौडेल तथा जीवन वाटिका स्याङ्जाका अध्यक्ष नविन अर्यालले एचआइभी र लागु औषध सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
जिल्ला रेडक्रस सोसाइटी गणेशपुर शाखा अध्यक्ष राम शर्मा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव डोलराज पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा महिला समूह, टोल विकास संस्था, बालबालिका र युवाहरुको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…