कृषिमा आधुनिकिकरण आवश्यक वालिङ नगर प्रवक्ता काफ्ले ।

प्रदिप कोईराला/ वालिङ :
वालिङ नगरपालिका वाड नं १ ले आफ्नो वडामा रहेका कृषक समूह, शैक्षिक क्षेत्र, टोल विकास समिति, आमा समूह गरि ३५ जना सदस्यलाई गण्डकी प्रदेशका नमुना कृषि फर्म हरूको अवलोकन गराएको छ । वडा अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेको अगुवाईमा भ्रमण गरिएको हो ।
कास्कीको माछापुछ्रे गाउपालिकामा रहेको गण्डकी रेम्वो ट्राउड माछा फारम, वन्दीपुरको वाख्रा अनुसन्धान केन्द्र, वन्दीपुरको होमस्टे र गोरखा च्याङ्लीको नेपालकै ठूलो गाई फर्म अवलोकन गरेका बताईएको छ ।

भ्रमणमा शिक्षा क्षेत्रवाट सहभागिलाई वन्दीपुरमा विदेशी नागरिकले सन्चालन गरेको नोट्रे डेम माध्यमिक विद्यालयको अध्यायन तथा अवलोकन गरिएको थियो । वडामा रहेको नमुना विद्यालय रणविर जनहित माध्यमिक विद्यालयको संस्थागत विकासका लागि नेट्रो डेमवाट धेरै कुरा जानिएकोे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवलाल काफ्लेले बताउनु भयो ।
क्याथोलिक मिसनरी धर्मकर्ममा बाँधिएर तीस वर्षअघि दुई जापानी युवती इभान्जेला र मारियमले नेपालमा शिक्षामा पुर्याएको योगदान अत्यन्त विशिष्ठ खालको रहेको वताउदै शिक्षामा गुणात्मक सुधार आउन जरूरी रहेको काफ्लेले बताउनु भयो
जापानमा शिक्षक रहेका उनीहरू जर्मनीमा रहेको मिसिनरी हेडक्वार्टरको निर्देशनमा दक्षिण एसियाली विकासोन्मुख मुलुक छान्दै नेपाल आएका थिए । सन् १९८३ मा काठमाडौं उत्रेर झन्डै ५ महिना नेपाली भाषा सिकेपछि र आफूले पढाउन रोज्नुपर्ने थलो खोज्दै उनीहरू बन्दीपुर आइपुगेका थिए । स्कुले शिक्षाको अवसर नपाएका र कमजोर आर्थिक स्थिति रहेका ५० जना विद्यार्र्थीलाई भेला गरेर त्यसबेला सुरू गरेको नोट्रे डेम किन्डर गार्टेन अहिले उच्च माध्यमिक विद्यालय भएको छ, जहाँ अहिले ७ सय ९० विद्यार्थी अध्यनरत रहेकाछन् । विद्यालयमा ४० शिक्षक रहेको छन् ।
उता भ्रमणमकै अवसरमा गोरखा च्याङ्लीमा रहेको गाई फारमले पशुपालनमा व्यावसायिकता र आधुनिकिकरणको खाँचो औल्याएको वडा अध्यक्ष केदार काफ्लेले बताउनु भयो । २०५२ सालमा फर्म सुरूगरेका स्थानीय राजेन्द्र पन्तले फर्म नेपालमै नमुना वनाउनुमा आधुनिकिकरण नै प्रमुख रहेकोे काफ्लेको निष्कर्ष रहेको छ ।
भ्रमणमा नगरपालिकाका कर्मचारी, राजनीतिकदलका प्रतिनिधि र पत्रकारको पनि सहभागिता रहेको थियो । भ्रमण दुई दिनको रहेको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…