खिलुङ् देउराली स्वास्थ्य चौकीको सामाजिक परीक्षण गरियो ।

आँधीखोला खवर/ भीरकोट :
स्याङ्जाको भीरकोट नगरपालिका वडा न ६ मा रहेको खिलुङ् देउराली स्वास्थ्य चौकीको सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुती कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्षको अन्त्यमा अनिवार्य रुपमा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गर्नुपर्ने प्रावधान अनुशार कार्यक्रम गरीएको हो ।
सेवा प्रदान गर्ने क्रममा प्राप्त उपलब्धि र परिवर्तन तथा सुधारात्मक पक्षहरुको तेस्रो पक्षद्वारा लेखाजोखा गरी यथार्थ विवरण सार्वजनिक गर्दै समीक्षात्मक निष्कर्ष निकाल्ने र सुधारको पक्षमा जिम्मेवारी सहितको कार्ययोजना समेत तयार गर्ने उद्देश्यले स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गरिएको हो ।

सो अवसरमा भिरकोट नगरपलिकाका प्रमुख छायाराम खनालले स्वास्थ्य क्षेत्र महत्वपूर्ण विषय रहेको भन्दै सामान्य रोग लागेर भीरकोटवासीलाई ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिन नगरपालिका प्रतिवद्ध रहेको वताउनु भयो । उहाँले भीरकोट नगरपालिका भित्र रहको स्वास्थ्य चौकीवाट ३५ प्रकारका निःशुल्क औषधी प्रदान भैरहेको भन्दै स्वास्थ्य सम्वन्धी कुनै पनि समस्या भए स्वास्थ्य चौकी जान आग्रह गर्नुभयो ।
कुनै पनि जनताका समस्याको व्यवस्थापन गर्ने बताउदै, सवै मिलेर राम्रो कामको प्रशंशा र नराम्रो कामलाई परिमार्जन गर्नु पर्ने भन्दै समृद्ध भीरकोट वनाउनको लागि सवैको सहभागिता रहनुपर्नेमा नगर प्रमुख खनालको जोड छ ।

खिलुङ देउराली स्वास्थ्य चौकीका प्रमुख दिपेश नेपालीले कार्यक्रम माथि प्रकाश पार्दै स्वास्थ्य चौकीको हाल सम्मको अवस्था, निःशुल्क प्रसुती सेवा लिने आमाहरुको विवरण, स्वास्थ्य संस्थावाट सेवा लिनेको संख्या, औषधी दाखिला र शुन्य मौज्दातको अवस्था, खोप परिवार नियोजन र सुरक्षित मातृत्व, कर्मचारीको अवस्था तथा संस्थाको आम्दानी खर्च लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
खिलुङ् देउराली स्वास्थ्य चौकीका अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीको अध्यक्षमा सम्पन्न कार्यक्रमको सहजीकरण सामाजिक परीक्षक एशिव शरण महतले र स्वागत सि.अहेव युक्त नारायण अर्यालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


