कालीगण्डकी गाउँपालिका मा पनि शुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम ।

टिकाराम अधिकारी / गल्याङ् :
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कामका लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाको औपचारिक उद्घाटन गरिएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले कार्यक्रमको उद्दघाटन गर्नु भएको हो ।

कार्यक्रममा वडा नं ५ मा सुचिकृत बेरोजगारहरु मध्ये काम गर्न इच्छुक १५ जना बेरोजगार व्यक्तिहरु सहभागी भएका छन् जस मध्ये १० जना पुरुष र ५ जना महिला रहेकाछन् । कार्यक्रममा गाँउपालिकाका अध्यक्ष थापाले कामदारहरुलाई पेशागत सुरक्षा सामाग्री (सुरक्षा हेलमेट, कामदार पोशाक) तथा योजनाको लागी आवश्यक उपकरण (गैटी, गल, बेल्चा, घन आदि) उक्त समुुहका समुह नाइकेको सुरक्षा जिम्वेरी रहने गरी हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा कालीगण्डकी गाउपालिकाका प्रसाशकीय प्रमुख गणेश प्रसाद खनाल , कार्यपालिका सदस्य मन्दरा पाण्डे , वडा सदस्यहरु योगेश्वर न्यौपाने, हुमा गोतामे विभिन्न पार्टिका पार्टि प्रतिनिधी, समाजसेवीहरुको उपस्थिति रहेको थिया े। वडा नं ५ मा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाको लागी गोरेटो बाटो निर्माण तथा उक्त गोरेटो बाटोमा सिडी तथा आवश्यक स्तरोन्नती गर्ने योजना रहेको छ। उक्त योजनाले त्यस क्षेत्रका कृषि पेशामा आधारित कृषक तथा पैदल यात्रीलाई आवतजावत गर्न सहज हुनेछ । कालीगण्डकी गाउँपालिका वडा नं ५ का अध्यक्ष लोकेदार थापाको अध्यक्षतामा उद्दघाटन कार्यक्रम सम्पन्न भएको हो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


