कालीगण्डकीको लसर्घामा पहीरो, प्रशासनको वेखवर, कांग्रेस नेताहरुद्वारा निरीक्षण ।

आँधीखोला खवर/ कालिगण्डकी :
स्याङ्जाको कालीगण्डकी गाँउपालिका वडा नं २ लसर्घामा पहिरो जाँदा लसर्घा वेसीका झण्डै २० घरपरिवार समस्यामा परेकाछन् । स्थानीयको घर गोठ, शौचालयका साथै २ ओटा मोटरसाईकलमा नराम्रो सँग क्षती पुगेको वडा अध्यक्ष नर वहादुर रानाले जानकारी दीनु भयो । स्थानीयका अनुसार वैघा चण्डीभन्ज्याङ ग्रामिण खडक खण्डका कारण ठुलो पहिरो गएको हो । सडक निर्माण भईरहेको समयमा पानी परेपछी ठुला—ठुला ढुङ्खा सहीत आएको पहिरोले क्षती पुर्याएको हो ।


प्रहरीले मुचुल्का वनाएर फर्किएको भए पनि जिल्ला प्रसानसनले वास्ता नगरेको पीडितहरुको गुनाशो रहेको छ । स्थानीयहरु भन्छन् राहतको त के कुरा प्रशासनबाट सोधपुछ समेत भएको छैन ।


यता स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले पहिरो गएको जानकारीमा आएको बताउनु भयो । उहाँले क्षतीको विवरण आफूसम्म नआई पुगेको बताउनु भयो । प्रजिअ निरौलाले राहत वितरण तथा विवरण संकलनमा ढिलो भएको स्वीकार गर्दै आफू पहिरो गएको ठाँउमा जाने तयारी गरिरहेको बताउनु भयो । उहाँले सामान्य पानी पर्दा नै पहिरो जाने अवस्था आएको भन्दै सडक निर्माण कर्ता सँग छलफलको तयारी भईरहेको समेत स्पष्ट पार्नुभयो ।


यता प्रदेश सभा सांसद भागवत प्रकाश मल्लले स्थानीय पीडितको लागि राहत उपलव्ध गराउन प्रदेश सरकारसँग छलफल भईरहको जानकारी दिनुभयो । उहाँले भन्नुभयो स्थानीय प्रशासनलाई पटक—पटक अनुरोध गर्दा पनि क्षतीको विवरण संकलन गर्ने काममा ढिलाई भएको छ ।
उता गाँउ पालिकाका अध्यक्ष खिम वहादुर थापाले पहिरोका कारण ५० लाख हाराहारीमा क्षती भएको प्रहरीले आफूलाई वताएको जानकारी दिनुभयो । उहाँले गाँउपालिकाको तर्फबाट राहत दिने काम भएको भन्दै अन्य सहयोगको लागि पहल भईरहको जानकारी दिनुभयो ।
यसैवीच पहिरो गएको लसर्घामा संविधान सभा सदस्य एवं कांग्रेसका महासमिति सदस्य सदस्य मोहन प्रसाद पाण्डेय, प्रदेश सभा सांसद भागवत प्रकाश मल्ल , महासमिती सदस्य श्याम बश्याल , क्षेत्रीय सचीव महेश भट्टराई ,पुर्वमहासमिति सदस्य श्याम भण्डारी, तरुण दल कालीगण्डकीका सभापती सुन्दर पाण्डेय ,क्षेत्रीय सदस्य नारायण भट्टराई ,क्षेत्रीय सदस्य छवी गाहा लगायतले निरक्षण गरेकाछन् । उनीहरुले स्थानीयहरुलाई राहात सामाग्री समेत वितरण गर्नु भएको थियो ।

Facebook Comments Box
TOP