कालिगण्डकीको मिर्मीमा सुविधा सम्पन्न अस्पताल नर्माण गरिने ।

Kaligandaki gapa

नारायण विश्वकर्मा/ गल्याङ :
कालीगण्डकीे गाउँपालिकालाई स्वास्थ्यको पहुँचमा ल्याउन सुविधा सम्पन्न अस्पताल निर्माण निर्माण गरिने भएको छ । एघार वटा स्थानीय तहमध्ये कालीगण्डकी गाउँपालिका सदरमुकाम देखि सवै भन्दा टाढा रहेको छ ।


कालीगण्डकी गाउँकार्यापालिको पुर्ण वैठकले वडा नम्बर–७, मिर्मिमा १५ सैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष खिम वहादुर थापाले जानकारी दिनुभयो । उहाँले अस्पतालका लागि अवस्यक नौ रोपनी जग्गा खरिद गर्न तत्काल ७५ लाख बजेट विनियोजन गरिएको बताउनुभयो । अध्यक्ष थापाले आलमदेवी मन्दिरको गुठी जग्गा कानुन अनुसार अस्पतालको लागि खरिद गर्ने प्रक्रिया अगाडि बठाइएको जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले अस्पताल निर्माणको सम्पुर्ण खर्च संघिय सरकारले वेहोर्ने वेहोरा सहित बाटोको छेउमा जग्गा व्यवस्थापनका लागि गाउँपालिकालाई परिपत्र आईसकेकोे स्पष्ट पार्नुभयो ।
गाँउ पालिकाका प्रमुख प्रसासकीय अधिकृत गणेश प्रसाद खनालले अस्पताल निर्माणका लागि आवस्यक संरचना र पुर्वधारको प्राविधिक र विज्ञको समुहबाट निरक्षणको काम भईरहेको जानकारी दिनुभयो ।
सुत्केरी, घाउ चोटपटक र सामान्य उपचारका लागि यस क्षेत्रका जनतालाई पाल्पा, पोखरा र वुटवल पुग्नुपर्ने बाध्यता छ । अस्पताल निर्माण पछि उपचारको अभावमा अकालमा ज्यान गुमाउनेको संख्या घट्ने, पैसा र समयको बचत हुने गाउँपालिकाको विश्वास छ । अस्पताल सञ्चालन पछि कालीगण्डकी गाउँपालिका सहित गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका, गुल्मीको कालिगण्डकी गाँउपालिका,पाल्पाको वगनासकाली गाउँपालिका लगाएतका जनताले सहज सेवा लिन सक्ने छन ।

Facebook Comments Box
TOP