कालीगण्डकी गाउँपालिकाको आगामी आर्थिक वर्षको ९१ वुंदे नीति तथा कार्यक्रम सर्वसहमतिले पारित ।

टिकाराम अधिकारी/गल्याङ :
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को ९१ वुंदे नीति तथा कार्यक्रम सर्वसहमतिले पारित गरेको छ । समृद्व नेपाल,सुखी नपाली मुल नाराका साथ कालीगण्डकी गाउँपालिकाको नीति तथा कार्यक्रम ल्याएईएको हो । जनभावना ,जनआंकाक्षा र आवश्यक्ताका आधारमा गाउँपालिकाका नागरिकहरुको जीवनस्तर सुधार गर्न तथा विकास र समृद्विको अपेक्षा पुरा गर्न दृढ संकल्पका साथ अधि वढेको नीति तथा कार्यक्रममा उललेख छ । भौतिक संरचना प्रयाप्त नहुनु ,कर्मचारी र अन्य स्रोत साधनको कमी हुनु संघ, प्रदेश र स्थानीयतह बीचको आयोजनाको वर्गीकरणका शुरुवाती २ वर्षमा महत्वपूर्ण कार्यक्रम उपलव्धी प्राप्त गरेको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनुभयो ।


शिक्षालाई गुणस्तरीय र भरपर्दो बनाउन सवै सामुदायिक विद्यालयहरुमा विद्युतीय हाजिरीको व्यवस्था गर्ने,कृषिमा उत्पादनमा आधुनिकरण गर्ने विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्ने सडक सञ्जाललाई व्यवस्थापन गर्ने,सूचना प्रविधिमैत्री गाउँपालिकाको रुपमा विकास गर्ने, हरेक वडामा कृषि उपसंकलन केन्द्र स्थापना गर्ने,कृषिलाई प्रवर्धन गरि दुध,केरा ,माछा, कागती र सुन्तला उत्पादनलाई परिमाणका आधारमा प्रोत्साहन कार्यक्रम गरिने ,एक वडा एक खेल कुद मैदान निर्माण गर्ने, भ्रष्टाचारजन्य क्रियाकलाप प्रति शुन्य सहनशिलताको अवधारण अपनाईने ,होमस्टेको सञ्चालन गरेर धेरै भन्दा धेरै पर्यटक कालीगण्डकी गाउँपालिकामा ल्याउने कुरा कार्यक्रममा समेटिएको छ ।


नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष थापाले जसले फोहर गर्छ , उसले पैसा तिर्छ जस्ता कार्यक्रमलाई प्रभावकारी बनाउने , एक गाउँ एक पोखरी अभियान सञ्चालन गर्ने वृद्व र जेष्ठनागरिकलाई घरमै गएर उपचार दिने जस्ता कार्यक्रम गाउँपालिकाले दृढताका साग अगाडि वढाउने जानकारी दिनु भयो ।
कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद खनालले समृद्व कालीगण्डकी गाउँपालिका बनाउने अभियानमा सवै मिलेर अगाडि वढ्नु पर्नेमा जोड दिनुभयो ।
कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गाउँपालिका उपाध्यक्ष सावित्रा कोईरालाले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP