कैलालीमा हावाहुरीको वितण्डा, २ को मृत्यु ७६ घाइते ।

कैलाली : कैलालीमा गएराति आएको विनाशकारी हावाहुरीका कारण २ जनाकाे ज्यान गएकाे छ भने ७६ जना घाइते भएका छन्। घटनामा चार जना गम्भीर घाइते भएका छन्। ती मध्ये २ जनालाई भारत रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ। मृत्यु हुनेमा टिकापुर नगरपालिका–२ मा पोल्टी फार्मको पर्खाल भत्किँदा लहानु दोगौंराको मृत्यु भएकाे र हावाहुरीका कारण कैलालीकाे गाेदावरीमा माेटरसाइकल र टिपर ठाेकिदाँ अर्का एक जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा मोटरसाइकल चालक गोदावरी–८ जमुना भाडी माझगाउँका वीरबहादुर चौधरीको ज्यान गएकाे जिल्ला प्रहरी कार्याय प्रहरी निरीक्षक प्रकाश धामीले जानकारी दिए। हावाहुरीका कारण विद्युत टेलिफाेन सेवा अवरुद्ध छ भने क्षतिको विवरण संकलन भइरहेकाे प्रहरीले जनाएकाे छ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


