कैलालीमा हावाहुरीको वितण्डा, २ को मृत्यु ७६ घाइते ।


कैलाली : कैलालीमा गएराति आएको विनाशकारी हावाहुरीका कारण २ जनाकाे ज्यान गएकाे छ भने ७६ जना घाइते भएका छन्। घटनामा चार जना गम्भीर घाइते भएका छन्। ती मध्ये २ जनालाई भारत रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ। मृत्यु हुनेमा टिकापुर नगरपालिका–२ मा पोल्टी फार्मको पर्खाल भत्किँदा लहानु दोगौंराको मृत्यु भएकाे र हावाहुरीका कारण कैलालीकाे गाेदावरीमा माेटरसाइकल र टिपर ठाेकिदाँ अर्का एक जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा मोटरसाइकल चालक गोदावरी–८ जमुना भाडी माझगाउँका वीरबहादुर चौधरीको ज्यान गएकाे जिल्ला प्रहरी कार्याय प्रहरी निरीक्षक प्रकाश धामीले जानकारी दिए। हावाहुरीका कारण विद्युत टेलिफाेन सेवा अवरुद्ध छ भने क्षतिको विवरण संकलन भइरहेकाे प्रहरीले जनाएकाे छ।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…