भीरकोटमा जेष्ठ नागरीकलाई सम्मान गर्ने कार्यक्रम सुरु ।

एशिव शरण महत / भीरकोट :
भीरकोट नगरपालिका भित्र वसोवास गर्ने ८० वर्ष पुगेका जेष्ठ नागरीकहरुलाई सम्मान गर्ने कार्यक्रम शुरु भएको छ । भीरकोटमा एक सया जना जेष्ठ नागरीकलाई एक वटा च्वानप्ररास र एक वटा अशोकगन्दा सहित जेष्ठनागरीक सम्मान पत्र प्रदान गरी सुरु गरीएको हो ।भिरकोट नगरपालिका भित्रका ८० वर्ष पुगेका ६ सय २५ जेष्ठनागरीकमध्ये ५ सय २५ जना जेष्ठनागरिकहरुलाई प्रत्येक वडाहरुमा गएर सम्मान गर्ने नगरपालिकाले जनाएको हो ।


कार्यक्रममा भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले जेष्ठानागरिकको जिवन निरोगी रही सुखमय ढंगले विताउने वातावरणको सिर्जना गर्नु आफ्ना सन्ततीको जिम्वेवार हुने बताउदै जेष्ठनागरीक समाजका गहना भएकाले सवैको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वुढेसकालमा अपमानीत हुन नपरोस र हिनतावोध नहोस भन्ने उद्देश्यले जेष्ठनागरीकलाई सम्मान गरेको बताउनुभयो ।


नगरपालिकाले अव छिट्टै हरेक वाडको वाक्लो वस्ती भएको ठाँउमा जेष्ठनागरीक सेवा केन्द्र भवन निर्माण गर्ने कार्ययोजना अगाडी वढाएको प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गानाले जानकारी दिनुभयो ।भीरकोट नगरपालिका प्रमुख छायाराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कविराज निरीक्षक खेमराज देवकोटाले र स्वागत वडा न ४ का वडा अध्यक्ष चन्द्र वहादुर वस्नेतले गर्नुभएको थियो । सम्मान हुन आएका जेष्ठ नागरीकहरु लाई निःशुल्क आयूर्वेद स्वास्थ्य कार्यक्रम मार्फत निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरण समेत गरीएको थियो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP