बझाङ जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो ।

बझाङ – बझाङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि ४ जना घाइते भएका छन् । दुर्घटनामा परि ज्यान गुमाउनेमा मष्टा गाउँपालिका वडा नम्बर–१, का कलकबहादुर खड्का, उहाँका छोरा पनि रहेका छन् । यस्तै जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेको पवडा प्रहरी कार्यालय चैनपुरका सब–इन्सपेक्टर महानन्द जोशीले जानकारी दिनुभयो ।
घटनास्थलमा उद्धारमा खटिएका नेकपाका जिल्ला सदस्य रामचन्द्र रोकायाका अनुसार घाइतेहरुको उद्धारका लागि हेलिकप्टरबाट नेपालगञ्ज लैजाने तयारी गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । -उज्यालो अनलाईन
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…