बझाङ जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो ।
बझाङ – बझाङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि ४ जना घाइते भएका छन् । दुर्घटनामा परि ज्यान गुमाउनेमा मष्टा गाउँपालिका वडा नम्बर–१, का कलकबहादुर खड्का, उहाँका छोरा पनि रहेका छन् । यस्तै जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेको पवडा प्रहरी कार्यालय चैनपुरका सब–इन्सपेक्टर महानन्द जोशीले जानकारी दिनुभयो ।
घटनास्थलमा उद्धारमा खटिएका नेकपाका जिल्ला सदस्य रामचन्द्र रोकायाका अनुसार घाइतेहरुको उद्धारका लागि हेलिकप्टरबाट नेपालगञ्ज लैजाने तयारी गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । -उज्यालो अनलाईन
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


